सोमबार १४ बैशाख २०८३

श्याम घिमिरे,
अर्घाखाँची चैत १८-
जिल्लाकै शैक्षिक धरोहरको रूपमा स्थापि पाणिनि बहुमुखी क्याम्पस सन्धिखर्क अर्घाखाँचीको सातौं क्याम्पस सभा तथा चौथो अधिबेशन आज सम्पन्न भएको छ । अधिवेशनले बिष्णु खनाल मुस्कानको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समितिको सर्वसम्मत गठन गरेको छ । जसको सदस्यहरुमा क्रमशः ठाकुर कुमार बिक , पिताम्बर भुसाल , राजेन्द्र भुसाल , जनार्दन खनाल,कमला भण्डारी भुसाल , इश्वरा पोख्रेल , लक्ष्मी श्रेष्ठ , ऋषब अधिकारी र पशुपति ढकाल चयन हुनुभएको छ ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष चेतनारायण आचार्यको अध्यक्षता,उपाध्यक्ष सागर केसीको स्वागत मनतब्य र प्रध्यापक लक्ष्मण पोख्रेलको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे,जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण कोइराला,सन्धिखर्क नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठ,नेपाल पत्रकार महासंघका अध्यक्ष अशोक खनाल,स्ववियु सभापति लक्ष्मण खड्का, क्याम्पस आजिवन सदस्यहरुको तर्फवाट छमकुमारी खनाल लगायतले शुभकामना मनतब्य राख्नुभएको थियो । कार्यक्रममा क्याम्पस प्रमुख बुद्धिराम भुसालले प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

https://www.facebook.com/100002784955353/videos/595327645849861/

https://www.facebook.com/100002784955353/videos/3474956602822946/

Video By: Ashok Khanal


Last Updated on: August 24th, 2024 at 4:57 am
२९८ पटक हेरिएको

तपाईको प्रतिक्रिया