Trend

                                                         के पी भुसाल ‘अजस’
मुस्कान छर्दै नववर्ष आउ,
हटाइ अज्ञान नयाँ सोंच ल्याउ,
छोएर छाती अतिनै रमाइ,
स्वागत् छ हाम्रो नववर्ष लाई ।

नयाँसाल् तिमी, हर्ष साथ आउ,
पीडा सबैका, मनका धपाउ,
सकाउ सारा दुख कष्ट धाइ,
स्वागत् छ हाम्रो नव वर्षलाई ।

हटाइ हाम्रा मनभित्र लेउ,
पापी सबैमा सतबुद्धि देउ,
घाती सबैला मुखले झपार,
स्वागत् छ हाम्रो मनले सकार ।

विगत् दुखीमा दुख जो थमाए,
हुरी चलाएर् ढुकुटी उडाए,
छेकेर हावा खजना वचाउ,
स्वागत् छ औधी दुखमा सघाउ ।

नेपाल हाम्रोछ महान देश,
आफ्नै छ राम्रो पहिचान भेष,
मिलेर बस्छौं सब भाइ भाइ,
स्वागत् छ हार्दिक नववर्ष लाई ।

पेसा नमिल्दा , कति दाजुभाइ,
विदेश जान्छन् मुटु मन् जलाइ,
स्वदेश भित्रै पसिना लगाउ ,
विन्ती छ हाम्रो नयाँवर्ष आउ ।

नयाँसाल् हाँस्दै ,अव आउ आउ,
विवेक राख्दै सनकी धपाउ,
धपाउ पीडा मनुको टढाइ,
स्वागत् छ लाखौं नववर्षलाई ।

अमूल्य जीवन न भुलौं कसैले,
मिलेर बस्ने अब हो सबैले,
राखौ सबैले सदभाव् मनैमा,
नयाँ यो वर्षको छ शुभकामना ।।

प्रकाशन मिति : २०८० बैशाख १

प्रतिक्रिया

सम्बन्धित खवर

  माघ २३, २०८१ बुधबार 6 Views

गजल-✍️डिल्ली राज घिमिरे

  माघ २३, २०८१ बुधबार 13 Views

माया आफ्नै गाउँको – (लोक छन्द)

  मंग्सिर १३, २०८१ बिहिबार 19 Views

मियो

  मंग्सिर ११, २०८१ मंगलबार 23 Views

डढेलो – (इन्द्रबज्रा छन्द)

  कार्तिक २३, २०८१ शुक्रबार 21 Views

भरौटे र ठालु : (छन्द भुजङ्ग प्रयात कविता)

  कार्तिक १८, २०८१ आइतबार 33 Views

तिहार (उपजाति छन्द)

ताजा अपडेट
धेरै पढिएको

माया आफ्नै गाउँको – (लोक छन्द)

सन्धिखर्क एफएम आठाैं बर्षमा प्रवेश

बाबुराम भट्टराई नेतृत्वको नेसपा (नयाँ शक्ति) को महाधिवेशन आजदेखि काठमाडौँमा सुरु

गजल-✍️डिल्ली राज घिमिरे

दिल्लीमा २७ वर्षपछि भाजपाले सरकार बनाउँदै

एमाले जिल्ला कमिटी अर्घाखाँचीकाे दाेस्राे पूर्ण बैठक सम्पन्न


TOP