Trend
बुधबार , फागुण ६, २०८२

बैशाख २५, २०८० सोमबार-
समाजवादी प्रेस संगठन नेपाल अर्घाखाँचीको प्रथम अधिवेशन सम्पन्न भएको छ । सोमबार सन्धिखर्कमा सम्पन्न अधिवेशनले सागर परियारको अध्यक्षतामा २१ सदस्यीय जिल्ला कार्य समितिको गठन गरेको हो । जसको उपाध्यक्षमा विक्रम आचार्य, महिला उपाध्यक्षमा सरु सुनार, सचिवमा नविन रसाईली, सहसचिवमा पुजा कुँवर र कोषाध्यक्षमा भावना घिमिरे भुुसाल सर्बसम्मत रुपमा चयन भएका छन । यसअघि अधिवेशनको उद्घाटनगर्दे नेकपा एकीकृत समाजवादीका केन्द्रिय सदस्य मोहन गौतमले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सम्पुर्ण पत्रकार दृढतापुर्वक उभिनुपर्नेमा जोड दिनुभएको थियो । पत्रकार सधै सुशासन, प्रेस स्वतन्त्रता र आवाज विहिनहरुको आवाज बन्न सक्नुपर्ने भन्दै गौतमले सबैलाई उत्पादनसंग जोडिन आग्रह समेत गर्नुभएको थियो ।

समाजवादी प्रेस संगठन नेपालका जिल्ला ईन्चार्ज अशोक चौहानको अध्यक्षता, उपाध्यक्ष विक्रम आचार्यको स्वागत मन्तव्य र सचिव नविन रसाईलीको सञ्चालमा सम्पन्न कार्यक्रममा नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष राम बहादुर चौहान, उपाध्यक्ष शिद्धि प्रसाद भुसाल, समाजवादी प्रेस संगठनका लुम्बिनी प्रदेश अध्यक्ष हृदय भुसाल, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनाल, पत्रकार महासंघका लुम्बिनी प्रदेश सदस्य प्रेम नारायण आचार्य, प्रेस युनियनका जिल्ला सभापति विरेन्द्र के.सी, प्रेस चौतारी नेपालका जिल्ला अध्यक्ष बसन्त श्रेष्ठ, प्रेस सेन्टरका जिल्ला अध्यक्ष ऋषी भुसाल, प्रगतिशिल पत्रकार संघ नेपालका केन्द्रिय सचिव गोपाल प्रसाद भट्टराई, जनपत्रकार संगठनका प्रदेश सचिव अनिल नेपाली लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा प्रेस लुम्बिनी डटकमले प्रकाशित गरेको भित्तेपात्रोको बिमोचन समेत गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँचीबाट संघीय सांसदमा स्वतन्त्र रूपमा चुनाव लड्ने नारायण खनालको औपचारिक घोषणा

खिल्जी युवा क्लब एनभिए कप राष्ट्रिय भलिबल च्याम्पियनसिप – २०८२ मा सहभागी हुने

हुलाक सेवा सम्बन्धमा रेडियो तथा टेलिभिजनकर्मीहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

फागुन २१ को निर्वाचनलाई शान्तिपूर्ण तवरले बहिष्कार गर्छों – ब्युरो सेक्रेटरी सुनार

रास्वपा र बालेनबीच सातबुँदे सहमति : रवि पार्टी सभापति र बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने


TOP