Trend

के पी भुसाल ‘अजस’

अनौठो कीरा मै परिचित छु सारा जगतमा,
नपोल्ने आफैमा अनल छ जलेको चरणमा,
म उड्दा रातीमा सयल छ आफ्नै तिरिमिरी,
मलाई देख्दैमा सब मनुज भन्छन् जुनकिरी ।

मलाई देख्दैनन् दिनभर कतै मानिस अनि,
कृपाहो भावीको अनुपम छ यो जीवन पनि,
अध्यारो रातीमा सहचर पखेटा फिरफिरी,
अधेरो बेलामा, सुख सयलमा मै जुनकिरी ।

अमाको त्यो कालो,समय सजिलो मैकन सधै,
हुदैनन् त्येस्तोमा ,सहज पथगामी चर कतै,
स सानो प्राणीमा,सबल म छु कीरा फुलसरी,
असाध्ये रातीमा , निडर हिडने मै जुनकिरी ।

सबै प्राणीमा छन् ,विविध थरका अक्षय गुण,
विधाताको मायाँ, सकल चरमा हुन्छ सगुण,
अनाथीको साथी , सहचर बनुँ मै हरघरी,
छु प्यारो रातीको, सख जुनसरी मै जुनकिरी ।

स सानो कीरा मै, अनुपम छु झिल्के जगतमा,
नसोचे है कोही, कचर भनि चुँड्ने फगतमा,
सबैलाइ धर्तीमा,भवभय छ आफ्नै झिलिमिली,
छु आफ्नै औकात् मा,अनुभव लिदै मै जुनकिरी ।।

प्रकाशन मिति : २०८० जेठ १ गते

 

प्रतिक्रिया

सम्बन्धित खवर

  जेठ ५, २०८२ आइतबार 2 Views

मुक्तक

  बैसाख २८, २०८२ आइतबार 11 Views

आमाको पटुका ( गद्य कविता )

  बैसाख २६, २०८२ शुक्रबार 10 Views

अर्घा, मसुरपाटा ( गद्य कविता )

  बैसाख २३, २०८२ मंगलबार 10 Views

गजल

  बैसाख १९, २०८२ शुक्रबार 25 Views

कालो चश्मा – (अनुष्टुप् छन्द)

  बैसाख १७, २०८२ बुधबार 18 Views

मेरो दैनिकी 

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँची आवासीय मा.वि को नतिजा प्रकाशन, विश्लेषण तथा पुरस्कार वितरण कार्यक्रम

अर्घाखाँचीमा चट्याङ लागेर वृद्धकोे ज्यान गयो

नेपालको गरिमा (शार्दुलविक्रीडित छन्द)

न्यायको प्रतीक्षा (लोकछन्द)

भाेलि इदको सार्वजनिक बिदा

जिल्लाको बिकास, सुरक्षा र सुशासनलाई प्रभावकारी बनाउन लागीपर्ने छु –प्रजिअ खरेल


TOP