Trend
बिहिबार , माघ २, २०८२

के पी भुसाल ‘अजस’

अनौठो कीरा मै परिचित छु सारा जगतमा,
नपोल्ने आफैमा अनल छ जलेको चरणमा,
म उड्दा रातीमा सयल छ आफ्नै तिरिमिरी,
मलाई देख्दैमा सब मनुज भन्छन् जुनकिरी ।

मलाई देख्दैनन् दिनभर कतै मानिस अनि,
कृपाहो भावीको अनुपम छ यो जीवन पनि,
अध्यारो रातीमा सहचर पखेटा फिरफिरी,
अधेरो बेलामा, सुख सयलमा मै जुनकिरी ।

अमाको त्यो कालो,समय सजिलो मैकन सधै,
हुदैनन् त्येस्तोमा ,सहज पथगामी चर कतै,
स सानो प्राणीमा,सबल म छु कीरा फुलसरी,
असाध्ये रातीमा , निडर हिडने मै जुनकिरी ।

सबै प्राणीमा छन् ,विविध थरका अक्षय गुण,
विधाताको मायाँ, सकल चरमा हुन्छ सगुण,
अनाथीको साथी , सहचर बनुँ मै हरघरी,
छु प्यारो रातीको, सख जुनसरी मै जुनकिरी ।

स सानो कीरा मै, अनुपम छु झिल्के जगतमा,
नसोचे है कोही, कचर भनि चुँड्ने फगतमा,
सबैलाइ धर्तीमा,भवभय छ आफ्नै झिलिमिली,
छु आफ्नै औकात् मा,अनुभव लिदै मै जुनकिरी ।।

प्रकाशन मिति : २०८० जेठ १ गते

 

प्रतिक्रिया

सम्बन्धित खवर

  माघ २, २०८२ बिहिबार 2 Views

सन्धिखर्क एफएमलाई शुभकामना

  पुष २७, २०८२ आइतबार 6 Views

पृथ्वीलाई संझदा – (उपजाति छन्द)

  मंग्सिर ९, २०८२ सोमबार 32 Views

वीर नेपाली : (लोकछन्द)

  कार्तिक २६, २०८२ मंगलबार 43 Views

अमर शहीद

  कार्तिक १२, २०८२ मंगलबार 37 Views

जागौं सबै सज्जन

ताजा अपडेट
धेरै पढिएको

नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीको एकता सभा सम्पन्न, एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको नेताहरुको भनाइ

वीर नेपाली : (लोकछन्द)

सन्धिखर्कमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३५० जनाको चेकजाँच ४८ जनाको ईन्डोस्कोपी

सन्धिखर्क खानेपानीको साधारणसभा जारी, पार्दशी र गुणस्तरिय सेवामा ध्यान दिन नगरप्रमुख श्रेष्ठको आग्रह

अर्घाखाँचीमा चार हजार नौसय ३५ जना मतदाता थपिए

अर्घाखाँची : एमाले महाधिवेशन प्रतिनिधी छनोटका लागी आज मतदान हुदै


TOP