Trend

श्याम घिमिरे,
जेठ २ अर्घाखाँची-

अर्घाखाँचीमा चार जनाको ज्यान जाने गरी वनमा आगो लगाउने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको भुमिकास्थान नगरपालिका–२ ढाकाबाङमा चार जनाको ज्यान जाने गरी आगो लगाउने चारजना व्यक्तिलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो । आगो लगाउने कार्यमा संलग्न भुमिकास्थान नगरपालीका –२ बस्ने ३६ बर्षका दिनेश थापा, १८ बर्षका दिपक बिक, ७० बर्षका देविराम बेल्वासे र ३६ बर्षका धर्मराज बेल्वासेलाई मंगलवार पत्रकार सम्मेलनगरी प्रहरीले सार्वजनिक गरेको हो । बदेल लगायत जंगली जनावरले सताएर आगो लगाएको उनीहरुले स्विकार गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख एवं प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो ।

काँडामा लगाएको आगो फैलिएर गाउँमा पसेपछी आगो निभाउने क्रममा भुमिकास्थान–२ बस्ने ७२ बर्षीय पिताम्बर बेल्वासे, ३६ बर्षीय माधब बेल्वासे, ५२ बर्षीय घनश्याम बेल्वासे र ५५ वर्षीय पदम बेल्वासेको मृत्यु भएको थियो । आगो लागीमा परी घाईते भएकी २६ बर्षीय अस्मिता बेल्वासे भने अझै उपचाररत रहेको बताईएको छ ।

पक्राउ परेका चारै जनालाई मुलुकि अपराध संहिता २०७४ को परिच्छेद १२ को ज्यान सम्बन्धी कसुरको दफा १८२ अन्र्तरगत हेलचक्राई गरी ज्यान मार्न नहुने नियम (३) को उपदफा (१) बमोजिम कारवाही प्रक्रिया अगाडी बढने प्रहरी प्रमुख रिजालले जानकारी दिनुभयो । उक्त नियम अनुसार ६ महिनादेखी २ वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने उल्लेख रहेको छ । उनिहरुलाइ अर्घाखाँची जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबिच सन्धिखर्क नगरपालीका–७ खाँचीमैदानको सामुदायिक वनमा आगो लगाउने खाँचीकोट बस्ने ४१ वर्षिय ईश्वरी प्रसाद न्यौपानेलाई नियन्त्रणमा लिइ १० हजार रुपैया तारेखमा छुटेका छन् भने सन्धिखर्क नगरपालीका –३ खाँचीखर्कमा आगो लगाउने ५० वर्षिय मजुना निशालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । जिल्लामा पछिल्लो समय आगो लागीका घटनाहरु बढेसंगै प्रहरीले सक्रियता देखाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँची आवासीय मा.वि को नतिजा प्रकाशन, विश्लेषण तथा पुरस्कार वितरण कार्यक्रम

अर्घाखाँचीमा चट्याङ लागेर वृद्धकोे ज्यान गयो

नेपालको गरिमा (शार्दुलविक्रीडित छन्द)

न्यायको प्रतीक्षा (लोकछन्द)

जिल्लाको बिकास, सुरक्षा र सुशासनलाई प्रभावकारी बनाउन लागीपर्ने छु –प्रजिअ खरेल

प्रधानमन्त्री ओलीद्वारा ‘पाणिनि तपोभूमि सम्मेलन’ उद्घाटन


TOP