Trend

के पी भुसाल ‘अजस’

नेपाल भूमि नेपाली मुनि धर्तीका निसान ,
सुनौला ज्योति हिमाल माथि साँझ र बिहान,
नेपाली पन छ राम्रो औधि दुनियाँ कमाल,
यो छाती भित्र लेखेको चित्र प्यारो छ नेपाल,

विश्वमा राम्रो नेपाली भूमि छ सारै कमान,
कस्तूरी बिना फुटाइ हामी नखोजौं मागन,
पुर्खाको माटो जोगाइ राखे बन्दछ विशाल,
यो मुटु भित्र प्यारो छ नाता सचित्र नेपाल,

कोपिला सबै बाहिर हैन देशमै फुलाइ,
मनका कुण्ठा पापका मुन्टा आगोमा जलाइ,
कसम खाऔं नेपाली हामी संझेर हिमाल,
पुर्खाको माटो गलामा राखि शिरमा नेपाल,

छिमेकी प्रति विभेद हुन्न सबैमा समान,
नेपाली वीर पुग्दछ जहाँ छर्दछ मुस्कान,
पौरखी हात गरेर खान्छ गर्दैन बबाल ,
भेटिन्छ उस्का कलेजी भित्र अटल नेपाल,

दिनमा चियो घामले गर्छन् रातमा जुनले,
नढाँट कोही देशको लागि एकहौं मनले,
दाजु र भाइ दिदी र बैनी नसोंच कुचाल ,
मिलेर बस्दा समृद्ध हुन्छ विश्वमा नेपाल ।।

प्रकाशन मिति :२०८० जेठ १०

प्रतिक्रिया

सम्बन्धित खवर

  बैसाख १, २०८३ मंगलबार 7 Views

नयाँवर्ष २०८३

  चैत्र २९, २०८२ आइतबार 6 Views

गजल

  चैत्र २९, २०८२ आइतबार 29 Views

गजल

  चैत्र २, २०८२ सोमबार 28 Views

जनमत – लोकछन्द

  फागुण १८, २०८२ सोमबार 22 Views

चुनाव – लोक छन्द

ताजा अपडेट
धेरै पढिएको

TOP