श्याम घिमिरे
जेठ ११ अर्घाखाँची –
अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले तथ्य र तथ्यांकमा आधारीत सुचना दिन पत्रकारहरुलाई आग्रह गर्नुभएको छ । भर्खरै मात्र अर्घाखाँची सरुवा भई आउनु भएका प्रजिअ ढकालले जिल्लामा क्रियाशिल पत्रकारहरुसंग बिहिवार जिल्ला प्रशासन कार्यालयमा परीचयात्मक कार्यक्रमा बोल्दै यस्तो बताउनु भएको हो ।

सबैको सहयोग र समर्थन भएमामात्रै जिल्लामा शान्तीसुरक्षालाई मजवुद बनाउन सकिने भन्दै ढकालले कानुन र समाजको हित बाहिर रहेर कुनैपनि गतिविधी नगर्ने दाबि गर्नुभयो । सबैलाई जनताप्रति बफादार भएर काम गर्न आग्रह गर्दे प्रजिअ ढकालले सञ्चारकर्मिहरुले खोजपत्रकारीता मार्फत सत्यतथ्य सुचना प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।
३