Trend
बिहिबार , साउन २, २०८२

के पी भुसाल ‘अजस’

हाँसेर बोल हृदय खोल हे भाइ एक्बार,
घाँमला सोध जुनला खोज बुझिन्छ संसार,
शिरमा तिम्रो देखिन्छ अग्लो सुनौलो हिमाल,
छातीमा हात राखेर सोंच धड्कन्छ नेपाल,

छाडेर आयौ स्वदेश तिमी प्रदेशी भूमिमा,
रहेछ जीवन् कर्मको खेल मनुष्य जुनीमा,
नेपाली जन फाल्दैन सान, गर्दैन बबाल,
इज्जत भित्र झल्कन्छ सधै , सुन्दर नेपाल,

अरूको भर बाँचने हैन गरेर खाँनेहो,
पौरखी हात बजारी खाँने नेपाली वीरहो,
पसिना आफ्नै बगाइ खाने हृदय विशाल ,
जाँगर जोस पसिना भित्र भेटिन्छ नेपाल,

इमान भए पाइन्छ मायाँ संसार सामुमा,
सिप र जाँगर चाहिन्छ सधै मानिस आफुमा,
बाँचेर आफु बचाइ राख्ने हृदय अमोल ,
उदार छाती सबैको साथी भित्र छ नेपाल,

विश्वको कुना काप्चामा पुग्ने नेपाली शिरहो,
देशको लागि नझुकि लड्ने नेपाली वीर हो,
भुल्दैन नाता नेपाली रगत छ सधै अटल,
जन्मेको भूमि छ साारै प्यारो धर्तीमा नेपाल ।।

प्रकाशन मिति : २०८० जेठ १५

प्रतिक्रिया

सम्बन्धित खवर

  असार २३, २०८२ सोमबार 7 Views

झोले हुन् जहर – असारे गीत (लोक छन्द)

  जेठ २४, २०८२ शुक्रबार 23 Views

झोले र चम्चा – (शार्दुविक्रीडित छन्द)

  जेठ २४, २०८२ शुक्रबार 25 Views

गजल

  जेठ २४, २०८२ शुक्रबार 18 Views

मुक्तक

  जेठ २४, २०८२ शुक्रबार 19 Views

वन्दना कविता (भुजङ्गप्रयात)

  जेठ २४, २०८२ शुक्रबार 19 Views

गजल

ताजा अपडेट
धेरै पढिएको

TOP