निम्ब तरु
उहाँ
वामन अवतारलाई
चाहिएको थियो तीन पाइला राख्ने ठाउँ
नागरिकले शीरमा राख भनिदिएकै थिए
उहाँलाई त्रिलोक चाहिएको छ
मलाई भने दुई पाइला राख्ने जग्गा चाहिएको हो
कैले सम्म म उभिने एक पाइलाले

जब वामनले तेस्रो पाइला नागरिकको शीरमा राखे
नागरिक सुतल–लोकमा भासिए
जब टेक्न पुग्छन् नागरिकको शीरमा झन्
दिएथे एकलौटी स्वर्ग र मर्त्यलोकमा टेक्न
ओ बहुबिकल्पी थियो
यस्को एक संकल्प बाहेक
नागरिकको द्वारपाले भएर बस्लान् त अब के ?
सुतलमा नै पश्चातापले
हुनैपर्छ पश्चाताप वामन जी ।।
प्रकाशन मिति : २०८० जेठ १९