Trend

श्याम घिमिरे,
जेठ २७ अर्घाखाँची –

सडक दुर्घटना न्युनिकरण गर्न सबै पक्षको उत्तीकै भुमिका रहेको एक कार्यक्रमका बक्ताहरुले बताएका छन । सुक्रवार सन्धिखर्कमा सम्पन्न सडक दुर्घटना न्युनिकरणमा सरोकारवाला निकायहरुको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ता सहित सरोकारवालाहरुले यस्तो बताएका हुन ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजना र निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन अर्घाखाँची लगायत सम्पुर्ण ट्रेड युनियनहरुको संयोजनमा सम्पन्न अन्तक्रिया कार्यक्रममा बोल्दै उनिहरुले सडककै कारण मात्र दुर्घटना बढेको नभइ चालकले क्षमता भन्दा बढी यात्रु चढाउँदा र पुराना सवारी साधान चेकजाँच बिना चलाउँदा सडक दुर्घटना बढेको बताए । उनिहरुले सडक सुहाउँदो सवारीसाधन मात्र चलाउनु पर्ने भन्दै सडकको अवस्था र सवारी चेकजाँच गरेर चलाउँदा दुर्घटना कम हुनेमा जोड दिए । भौगोलिक कारणले गर्दा तराईमा भन्दा पहाडमा दुर्घटना धेरै हुने गरेको बताउँदै जिम्मेवारी निकाय सचेत बन्नुपर्नेमा सरोकारवालाहरुले सुझाव समेत दिए ।

प्रमुख जिल्ला अधिकारी कमलराज ढकालको अध्यक्षता र सिबिए उपाध्यक्ष हरि डुम्रेको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिवनारायण कोइराला,सन्धिखर्क नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठ,प्रहरी नायव उपरिक्षक मुकुन्द रिजाल, आधिकारीक ट्रेड युनियन अर्घाखाँचीका अध्यक्ष कृष्ण बर्मा,नेपाल पत्रकार महासंघका अध्यक्ष अशोक खनाल लगायतले मनतब्य राख्दै सडक दुर्घटना न्युनिकरण गर्न सबै क्षेत्रको महत्वपुर्ण भुमिका रहनेमा जोड दिए ।

कार्यक्रममा पश्चिम नेपाल बस व्यवसायी प्रालि अर्घाखाँची शाखा प्रमुख कमल भट्टराई,उपभोक्ता मञ्चका अध्यक्ष सहयोगि बिसी सञ्चारकर्मी सहित यातायात व्यवसायीका प्रतिनिधि,गाडीधनि , सबारी चालक लगायत सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालले जिल्लामा सवारी दुर्घटनाको अवस्था लगायत समसामयिक बिषयमा प्रकाश पार्नु भएको थियो ।

  

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

सन्धिखर्कमा भएकाे बृहत रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरे

डढेलो – (इन्द्रबज्रा छन्द)

सन्धिखर्क नगरपालीकामा योजना कार्यान्वयन तथा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

मियो

एमाले सनपा १० को अधिवेसन सम्पन्न- अध्यक्षमा मरासीनी

नेपाल प्रहरी: १ हजार एक सय ६५ जवान पदमा नयाँ भर्ना खुल्यो


TOP