Trend

निम्बतरु

सिधै सार्वभौतिकता र स्वतन्त्रतामाथि हमला गरेको छ
चुपचाप छ चुपचाप छ सडक
मुढा पल्टाएका जस्ता मानिसहरु

देशको पार्श्वचित्र हराउँदा पनि
यदि बेहोशीमा कोही छ भने त्यो हामीनै हो
पारालाईसिस अंग चबाइदा पनि
चुपचाप छ चुपचाप छ मूर्ति
कुनै हलचल छैन ।

चाञपानी दिएर
उस्ले साप्रो नै लग्यो
स्वास्नी लग्यो
हामी जारी बुझ्न पाएकोमा मक्ख छौं
उही केटाकेटीलाई
व्याँठे वा पेउटे भाले
बाहरुले पाहुनालाई खुवाउन भाले काट्दा
कलेजो खान पाउँदा यथास्थिति भुलेर निदाएजस्तो
दाम्लोको भारा बुझ्न पाएको मक्खजस्तो
नयाँ चोक निदाएको छ

आफ्नै ढाडको चिलाई मार्न ठुङाउँदा चोक्टा गएजस्तो हुँदो हो
नत्र अरुबेला नजर जुधाउँदा पनि
हिँसा भन्थ्यो
कोरी खुट्टा जल्दासम्म थाहा नपाएर
आज पनि चुपचाप छ नयाँ गल्ली ।

अझ हामीलाई त यस्तो रोग छ
लिच न्याहन सिन्ड्रोम
आफ्नो मासु आफै लुछेर खाने ।।

 

प्रतिक्रिया

सम्बन्धित खवर

  बैसाख १, २०८३ मंगलबार 7 Views

नयाँवर्ष २०८३

  चैत्र २९, २०८२ आइतबार 6 Views

गजल

  चैत्र २९, २०८२ आइतबार 29 Views

गजल

  चैत्र २, २०८२ सोमबार 28 Views

जनमत – लोकछन्द

  फागुण १८, २०८२ सोमबार 22 Views

चुनाव – लोक छन्द

ताजा अपडेट
धेरै पढिएको

TOP