Trend

निम्बतरु

व्यवहारले च्याप्दै गयो
म थिचिदै थेचारिदै गएँ
र अँचेटिएर
व्योहोराको वजनले च्यापेको भएर गोडाहरु गल्दै दुखे
खिइएका जोर्नीहरु फुक्लिदैछन् अब
म रित्तो देश पनि थाम्न सक्दिनँ
जराहरु त्यति फिँजारिन पाएनन्
पहरा–पत्थर छिचोल्न नसकेकै कारण
हाँगाहरु बढोत्तर झाँङ्गिनाले
एउटो पात पनि थेग्न मुश्किल भएकैले
म रित्तो घर पनि थेग्न सक्दिनँ
यो पुर्वोत्तर आकाश थामेको थियो घामका किरणले
थामेको थियो बादलले पहाड टेकेर
अथवा थामेको थियो इन्द्रेणीले कोयँचे परेर
तिम्रो राजनीतिको हुटिट्याउँले हैन् को हैन् थामेको
न हो थामेको आश्वासनको बर्षातको धारोले
अब लुला भए यी सबै
थेग्न सक्दैनन् अब पुराना विचारका टेकसाले
थेग्न सक्दैनन् रित्ता गाउँहरु पनि
तै ! कुनै अदृश्य हातले अडाएको छ
शेषनागको सय फणाले
वा पुच्छरले माछाको
यिनीहरुपनि वयोवृद्ध भए कम्जोर
अब अडाउन नसक्लान् यो घर ।।

प्रकाशन मिति : २०८० असार १४

प्रतिक्रिया

सम्बन्धित खवर

  कार्तिक १२, २०८२ मंगलबार 7 Views

जागौं सबै सज्जन

  अषोज ११, २०८२ शनिबार 11 Views

यही त राजनीति हो

  अषोज ११, २०८२ शनिबार 15 Views

गजल

  अषोज ११, २०८२ शनिबार 17 Views

गजल

  अषोज ११, २०८२ शनिबार 21 Views

केही पन्छीको पहिचान – ( लोकछन्द)

  भाद्र ७, २०८२ शनिबार 14 Views

शीर्षक– “चनमती“ (छन्द गजगति)

ताजा अपडेट
धेरै पढिएको

TOP