Trend

के पी भुसाल ‘अजस’

टुक्का उखान्का मन भित्र हुन्छन्
कुरा सपोट्मा थप शक्ति दिन्छन्
गराइ वाचा थपदा उमङ्ग ,
भन्छन् कसैले ’सुनमा सुगन्ध’

नामै छ काफी सुनको कमान,
थपेर वास्ना सुख हुन्न जान,
घट्दैन गाल्दा नत हुन्छ मन्द,
पाएन कोही सुनमा सुगन्ध,

नारी कसैले गहना लगाइ,
प्रफुल्ल हुन्छन् अतिनै रमाइ,
सन्तोष लिन्छन् सुनको समृद्ध,
मिल्दैन चुम्दा सुनमा सुगन्ध,

सुन् को अभाव्ले मन खिन्न हुन्छ,
गाथ्मा सजाए भय मात्र बढ्छ,
छ बास यस्मा कलिको उदाङ्ग,
चल्दैन हावा सुनमा सुगन्ध,

चाहिन्छ लोहा हरकाम गर्दा,
छ खाँचो यस्को चिरफार गर्दा,
गर्छन् धनाड्य उपभोग अन्ध,
नपाइ केही सुनमा सुगन्ध,

बढ्दो छ धेरै मनुमा अशान्ति,
तृष्णा नहट्दा हुनजान्छ भ्रान्ति,
देख्छन् अनौठो सुनमा तरङ्ग ,
नपाइ केही सुनमा सुगन्ध,

खोज्दैन मान्छे सुनमा सुगन्ध,
त्याग्दैन यस्को तर मोह मन्द,
लिएर सन्तोष भए स्वछन्द,
चाहिन्न मिथ्या सुनको सुगन्ध ।।

प्रकाशन मिति : २०८० साउन ११

प्रतिक्रिया

सम्बन्धित खवर

  बैसाख १, २०८३ मंगलबार 7 Views

नयाँवर्ष २०८३

  चैत्र २९, २०८२ आइतबार 6 Views

गजल

  चैत्र २९, २०८२ आइतबार 29 Views

गजल

  चैत्र २, २०८२ सोमबार 28 Views

जनमत – लोकछन्द

  फागुण १८, २०८२ सोमबार 22 Views

चुनाव – लोक छन्द

ताजा अपडेट
धेरै पढिएको

TOP