Trend
बिहिबार , फागुण २८, २०८२

श्याम घिमिरे,
साउन १३ सन्धिखर्क –
त्रिवेणी वचत तथा ऋण सहकारी संस्था लिमटेड सन्धिखर्क २ चुत्राबेसीको संयुक्त बैठक (बिस्तारीत मञ्च) सनिवार सन्धिखर्कमा सम्पन्न भएको छ । सहकारी संचालक समितिका पदाधिकारी सहित विभिन्न उपसमितिका सदस्यहरूको उपस्थिति रहेको संयुक्त बैठकमा संस्थाका अध्यक्ष कमल प्रसाद घिमिरेले आ.व.२०८०/०८१ को प्रस्तावित निति तथा कार्यक्रम,कोषाध्यक्ष टोपलाल खनालले प्रस्तावित बार्षीक बजेट र व्यवस्थापक तुल्सी खनालले गत आ.व.को समिक्षा सहित आय–व्यय प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा उपस्थित सहभागीहरुबाट आएका बिभिन्न राय सुझावहरुलाई व्यापक रुपमा छलफल गर्दे संस्थाको साधारण सभाबाट अनुमोदन गरी कार्यान्वयन गर्ने कुरामा छलफल भएको संस्थाका व्यवस्थापक खनालले जानकारी दिनुभयो । कार्यक्रम संस्थाका अध्यक्ष कमल प्रसाद घिमिरेको अध्यक्षता,उपाध्यक्ष यमकला बन्जाडेकाे स्वागत मनतब्य र शिब बेल्वासेकोे सञ्चालनमा सम्पन्न भएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

सन्धिखर्क एफएम नवौँ वर्षमा प्रवेश

चुत्रावेसीको त्रिवेणीधाममा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला

अर्घाखाँचीमा ३ जना स्वतन्त्र सहित १५ जनाको उम्मेदवारी दर्ता

नवौँ सन्धिखर्क नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि गौरीशंकरलाई

अर्घाखाँचीमा टिप्पर दुर्घटना, चालकको मृत्यु

सन्धिखर्क एफएमलाई शुभकामना


TOP