Trend

सन्धिखर्क १७ साउन अर्घाखाँची । जिल्लाको सन्धिखर्क नगरपालिकाकी कार्यपालिका सदस्य सरस्वती देवी रानाभाटको निधन भएको छ । सन्धिखर्क नगरपालिका वडा नम्वर १० गच्छेगैरा निवासी नगर कार्यपालिका सदस्य तथा वडा सदस्य रानाभाटको आज बुधबार ६५ बर्षको उमेरमा निधन भएको हो । कार्यपालिका सदस्यको निधन भएपछि भोलि बिहीबार एक दिनका लागि नगरपालिकाले शोक विदा दिने निर्णय गरेको छ ।

सन्धिखर्क नगरपालिका भित्रका वडा कार्यालय, शिक्षण संस्था, तथा स्वास्थ्य संस्थाहरु बन्द गरि शोक मनाउने नगर प्रमुख स्तरीय निर्णय भएको नगरपाकिलाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज गौतमले जानकारी दिनुभयो । यसैबिच भोली बिहीबार विहान १० बजे नगरपालिकाको कार्यालयमा शोक सभाको आयोजना गरेको सन्धिखर्क नगरपालिकाकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

पृथ्वीलाई संझदा – (उपजाति छन्द)

चुत्रावेसीको त्रिवेणीधाममा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला

साहित्यकार नारायण खनाल निलम र डिल्लीराज घिमिरेका कृति सार्वजनिक

अर्घाखाँचीमा टिप्पर दुर्घटना, चालकको मृत्यु

सन्धिखर्क एफएम नवौँ वर्षमा प्रवेश


TOP