Trend

श्याम घिमिरे,
साउन २० अर्घाखाँची –

नेपाली काँग्रेस अर्घाखाँचीले जिल्लाका ६ वटै पालिकामा सुक्रवार पालिका समेलन सम्पन्न गरेको छ । काँग्रेसको बिधान २०१७ को नवौ संशोधनमा व्यवस्था भए अनुरुप काँग्रेस अर्घाखाँचीले एकै दिन पालिका सम्मेलन गरेको हो । जिल्लाका ६ वटा पालिका सन्धिखर्क नगरपालिका , भुमिकास्थान नगरपालिका , शितगंगा नगरपालिका , पाणिनी गाउँपालिका , छत्रदेव गाउँपालिका , र मालारानी गाउँपालिकामा काँग्रेसले पालिका सम्मेलन सम्पन्न गरेको हो ।

संगठन सुदृढिकरण र पार्टी रुपान्तरण सहितको नारा बोकेर अघि बढेको काँग्रेसले पालिका सम्मेलन पछी, प्रदेशसभा, क्षेत्रीय सम्मेलन र जिल्ला सम्मेलन गर्ने तयारी गरेको काँग्रेस अर्घाखाँचीले जनाएको छ । पालिका सम्मेलनमा पार्टीको बर्तमान अवस्था, पार्टी प्रती कार्यक्रर्ताको नैराश्यता , आगामी दिनमा संगठनलाई कसरी चुस्त दुरुस्त र जनमुखी बनाउन सकिन्छ भन्ने बिषयमा व्यापक छलफल भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

पृथ्वीलाई संझदा – (उपजाति छन्द)

साहित्यकार नारायण खनाल निलम र डिल्लीराज घिमिरेका कृति सार्वजनिक

अर्घाखाँचीमा टिप्पर दुर्घटना, चालकको मृत्यु

सन्धिखर्क एफएम नवौँ वर्षमा प्रवेश

चुत्रावेसीको त्रिवेणीधाममा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला


TOP