Trend

श्याम घिमिरे,
साउन २० अर्घाखाँची –

नेपाली काँग्रेस अर्घाखाँचीले जिल्लाका ६ वटै पालिकामा सुक्रवार पालिका समेलन सम्पन्न गरेको छ । काँग्रेसको बिधान २०१७ को नवौ संशोधनमा व्यवस्था भए अनुरुप काँग्रेस अर्घाखाँचीले एकै दिन पालिका सम्मेलन गरेको हो । जिल्लाका ६ वटा पालिका सन्धिखर्क नगरपालिका , भुमिकास्थान नगरपालिका , शितगंगा नगरपालिका , पाणिनी गाउँपालिका , छत्रदेव गाउँपालिका , र मालारानी गाउँपालिकामा काँग्रेसले पालिका सम्मेलन सम्पन्न गरेको हो ।

संगठन सुदृढिकरण र पार्टी रुपान्तरण सहितको नारा बोकेर अघि बढेको काँग्रेसले पालिका सम्मेलन पछी, प्रदेशसभा, क्षेत्रीय सम्मेलन र जिल्ला सम्मेलन गर्ने तयारी गरेको काँग्रेस अर्घाखाँचीले जनाएको छ । पालिका सम्मेलनमा पार्टीको बर्तमान अवस्था, पार्टी प्रती कार्यक्रर्ताको नैराश्यता , आगामी दिनमा संगठनलाई कसरी चुस्त दुरुस्त र जनमुखी बनाउन सकिन्छ भन्ने बिषयमा व्यापक छलफल भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँची आवासीय मा.वि को नतिजा प्रकाशन, विश्लेषण तथा पुरस्कार वितरण कार्यक्रम

अर्घाखाँचीमा चट्याङ लागेर वृद्धकोे ज्यान गयो

नेपालको गरिमा (शार्दुलविक्रीडित छन्द)

न्यायको प्रतीक्षा (लोकछन्द)

जिल्लाको बिकास, सुरक्षा र सुशासनलाई प्रभावकारी बनाउन लागीपर्ने छु –प्रजिअ खरेल

भाेलि इदको सार्वजनिक बिदा


TOP