आइतबार २८ आषाढ २०८३

के पी भुसाल ‘अजस’
अनन्त नभमा हेर, ब्रह्माण्ड अगण्य अनि,
सृष्टि हो प्रभुको सारा, प्राणी यो जगतै पनि,

ब्यक्तिको प्राकृतिक् रूप,धर्महो बुझदा अनि,
प्राकृतिक् गुण हो धर्म,सबै यी बस्तुको पनि,

धारण गर्नुनै धर्म, रहेछ मनुको अनि,
लिनुपर्छ सदाचार , त्यागेर दुर्गुणै पनि,

इक्षुको धर्म हो हेर, रहनु गुलियो सदा,
हटेमा गुलियो स्वाद, हुदैन उखु त्यो कदा,

जायजेथा गुमाए मा, फिर्ता हुन्छ कुनैदिन,
छाडेमा धर्म जो हेर, फिर्ने छैन कदाचन,

बन्नु पर्छ सदाचारी , नबन्नु दुर्गुणी कदा,
प्राणीमा मनुष्य चोला,मिल्दैन सहजै सदा,

मुखमा रामको नाम,आत्मा छ विषले भरी,
हुदैन त्यसमा ज्ञान, मिल्दैन पेटमा हरि,

स्वः धर्म भुलदा पाप, हुन्छ भन्छ सनातन,
भुल्न हुन्न सदाज्ञानी, अफ्नो धर्म कदाचन,

अज्ञान भुलका गल्ती ,क्षमाशील हुदा अनि,
हुदैनन् स्वार्थका हेर, जति ध्यान गरेपनि,

सत्यको पक्षमा हेर, ईशको साथ मिल्दछ,
धर्मको बुझदा मर्म, ज्ञानको मार्ग खुल्द छ ।।

प्रकाशन मिति :२०८० साउन २६

 


Last Updated on: August 24th, 2024 at 4:31 am
४२५ पटक हेरिएको

तपाईको प्रतिक्रिया