सोमबार १४ बैशाख २०८३

श्याम घिमिरे,
२६ साउन अर्घाखाँची-

अर्घाखाँचीमा आफैले बोकेको भरुवा बन्दुक पड्कदा एकजनाको ज्यान गएको छ । जिल्लाको भुमिकास्थान नगरपालिका वडानं.७ पानडाँडामा आफैंले बोकेको एकनाले भरुवा बन्दुक पड्कदा स्थानिय ४५ वर्षीय पदम केसीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभयो ।

आफ्नै बारीमा बाँदर धपाउन जाने क्रममा शुक्रवार बिहान सवा ११ बजेतिर आफैले बोकेको बन्दुक एक्कासी पड्किएर केसीको ज्यान गएको रिजालले बताउनुभयो । उनको कोखामा गोली लागेर छातीबाट बाहिर निस्किएको प्रहरीले जनाएको छ । गोली लागी घाइते भएका केसीको उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्कमा ल्याईएकोमा इसिजिगरी चेकजाचगर्दा चिकित्सकले मृत घोंषणा गरेका थिए ।

बन्दुक प्रहरीले नियन्त्रणमा लिएको र घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय जिल्लाका बिभिन्न स्थानमा बाँदर,बदेललगायत जंगली जनावरले कृषकलाई हैरान बनाएका छन ।


Last Updated on: August 24th, 2024 at 4:52 am
३५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया