Trend

श्याम घिमिरे,
साउन २७ अर्घाखाँची –

नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापती अमरसिंह पुनले देशमा भएका परिवर्तनलाई संरक्षण गर्न नेपाली काँग्रेसलेनै नेतृत्व गर्नुपर्ने बताउनु भएको छ । नेपाल प्रेस युनियन अर्घाखाँचीले सनिवार सन्धिखर्कमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पुनले यस्तो बताउनुभएको हो । देशमा भएको परिवर्तनलाई संरक्षण र संस्थागत गर्न नेपाली काँग्रेसलेनै नेतृत्व गर्नुपर्नेमा जोड दिदै नेता पुनले तीन करोड नेपाली जनताहरुको मुद्दालाई केन्द्रमा राखेर काँग्रेस अगाडि बढेको बताउनुभयो ।

काँग्रेस भित्र चरम गुटबन्दी छ नि भनेर पत्रकारले सोधेको प्रश्नको जवाफमा पुनले काँग्रेस लोकतान्त्रिक पद्दतिमा बिस्वास गर्ने पार्टी भएकोले गुटहरु देखिनु स्वभाविक भएतापनि गुटहरुको व्यवस्थापनमा आफुहरु लागि परीहेको बताउनुभयो । पुनले पार्टी र राज्यबाट प्राप्तहुने बिभिन्न अवसरमा आरक्षण दिने प्रक्रियामा सुधार आवस्यक रहेको बताउदै संघियता प्रभावकारी बनाउन पार्टी तहबाटै लाग्नुपर्नेमा जोड दिनुभयो ।

नेपालमा पछिल्लो समय भएका बिभिन्न काण्डहरुको बारेमा बोल्दै पुनले दोषीलाई नछोड्ने र निर्दोषलाई नपार्ने भन्ने आफुहरुको मान्यता रहेको बताउनुभयो । भुटानी शरणार्थी काण्ड , सुन काण्ड,ललिता निवास जग्गा प्रकरण काण्ड लगायतका सबै घटनामा सहि र निपक्ष छानवीन हुनुपर्नेमा पुनको जोड रहेको थियो । कार्यक्रम युनियनका जिल्ला अध्यक्ष लक्ष्मण घिमिरेको अध्यक्षता,उपाध्यक्ष सरिता भुसालको स्वागत मनतब्य र सचिब विष्णु खनालको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँची आवासीय मा.वि को नतिजा प्रकाशन, विश्लेषण तथा पुरस्कार वितरण कार्यक्रम

अर्घाखाँचीमा चट्याङ लागेर वृद्धकोे ज्यान गयो

नेपालको गरिमा (शार्दुलविक्रीडित छन्द)

न्यायको प्रतीक्षा (लोकछन्द)

जिल्लाको बिकास, सुरक्षा र सुशासनलाई प्रभावकारी बनाउन लागीपर्ने छु –प्रजिअ खरेल

भाेलि इदको सार्वजनिक बिदा


TOP