Trend
बुधबार , फागुण ६, २०८२

श्याम घिमिरे,
सन्धिखर्क भदौ ४-

भुमिकास्थान नगरपालीका वडानम्वर ४ धारापानी निवासी स्वर्गीय कृष्ण बहादुर खत्रीको स्मृतिमा सन्धिखर्क नगरपालीका १ मा रहेको निर्मल नवज्योति सुस्त मनःस्थिति बिद्यालयमा सोमवार एक कार्यक्रमका बिच खाद्य सामाग्री सहित फलफुल हस्तान्तरण गरीएको छ । गत बर्षको असार २० गते कपिलबस्तुको कोइली बनगाइमा सडक दुर्घटनामापरि ज्यान गुमाएका खत्रीको सम्झनामा उक्त खाद्य सामाग्री हस्तान्तरण गरीएको हो ।

सामाग्री स्वर्गीय केसीकी पत्नी साबित्रा रायमाझी (केसी),बुवा यम बहादुर केसी र छोरा प्रविन केसीले संयुक्त रुपमा बिद्यालयका प्रअ कमला भुसाललाई हस्तान्तरण गर्नु भएको श्रृजना भाटले जानकारी दिनुभयो । सोहि कार्यक्रममा सन्धिखर्क ९ निवासी स्वर्गीय हुमकला खड्काको स्मृतिमा छोराबुहारी विष्णु खड्का र देवि खड्काले पनि खाद्य सामाग्री प्रदान गर्नुभएको भाटले बताउनुभयो ।

स्वर्गीय खत्रीको परीवारले यस अघि भुमिकास्थान नगरपालीका वडानम्वर ४ धारापानीमा रहेको शान्ति माध्यमिक बिद्यालयमा ५१ हजार १ सय ११ रुपैयाँको अक्षय कोष स्थापना गर्नुभएको थियो । धारापानी स्वास्थ्य चौकिमा कार्यरत खत्रीको २०७९ असार २० गते कपिलबस्तुको कोइली बनगाइमा सडक दुर्घटनामापरि ४५ बर्षको उमेरमा ज्यान गएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँचीबाट संघीय सांसदमा स्वतन्त्र रूपमा चुनाव लड्ने नारायण खनालको औपचारिक घोषणा

खिल्जी युवा क्लब एनभिए कप राष्ट्रिय भलिबल च्याम्पियनसिप – २०८२ मा सहभागी हुने

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

हुलाक सेवा सम्बन्धमा रेडियो तथा टेलिभिजनकर्मीहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

फागुन २१ को निर्वाचनलाई शान्तिपूर्ण तवरले बहिष्कार गर्छों – ब्युरो सेक्रेटरी सुनार

रास्वपा र बालेनबीच सातबुँदे सहमति : रवि पार्टी सभापति र बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने


TOP