सोमबार १४ बैशाख २०८३

श्याम घिमिरे,
११ भदौ अर्घाखाँची –
शहिद शोभाखर धनञ्जय (सरोज शर्मां) को ३७ औं स्मृति दिवस सम्पन्न भएको छ । नेकपा (मशाल) अर्घाखाँचीको आयोजनामा सोमवार सन्धिखर्कमा ३७ औं स्मृति दिवस सम्पन्न भएको हो । स्मृति सभामा बोल्दै नेकपा (मशाल) का नेता नरेन्द्र बहादुर थापाले शहिद शोभाखर धनञ्जयलाई सहिद घोषणा गर्न राज्यसंग बिभिन्न समयमा माग राखिएको भएपनि राज्यले सहित घोषणा गर्न नसक्नु उहाँप्रति अपमान भएको बताउनु भयो । थापाले शोभाखर धनञ्जयलाई सहिद घोषणा गर्न माग समेत गर्नुभयो । थापाले तत्कालीन मसालको नेतृत्वले शर्मालाई सहिद घोषणागर्न आनाकानी गरेको आरोप पनि लगाउनु भयो ।

हाँक साप्ताहिक अर्घाखाँचीका व्यवस्थापक बुद्धिराम गैरेको अध्यक्षता, नेकपा (मशाल) का नेता गंगाराम खनालको स्वागत मनतव्य र कमल प्रसाद भुसालको सञ्चालनमा अघि बढेको कार्यक्रममा नेकपा (मशाल) का नेता पिताम्वर भट्टराई, शोभाखर धनञ्जयका दाई गिरी प्रसाद भुसाल, नेपाल पत्रकार महासंघ अर्घाखाँचीका कोषाध्यक्ष रुद्रमणी भुसाल लगायतले मनतव्य राख्दै शर्माले देखाएको बाटोमा लाग्नु नै उहाँप्रतिको सच्चा श्रद्धाञ्जली हुने कुरामा जोड दिनुभयो ।

अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालीका वडानं.२, कुर गाउँमा २००१ साल असार ५ गते आमा हरिकला भुसाल र बुवा तिलकराम भुसालको दोस्रो सन्तानको रुपमा जन्म लिनुभएका शर्मालाई दिल्लीको बेलारोडमा संगठनको कार्यक्रम सकेर फर्कने क्रममा २०४३ साल भाद्र ११ गते सुनियोजित तरीकाबाट हत्या भएको थियो ।


Last Updated on: August 24th, 2024 at 4:51 am
३८१ पटक हेरिएको

तपाईको प्रतिक्रिया