Trend

श्याम घिमिरे,
भदौ २४ अर्घाखाँची
स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख एवं बरिष्ठ जनस्वास्थ्य अधिकृत शिव नेपालीले जिल्लामा जनस्वास्थ्यको क्षेत्र सुधारगर्न आफु लागीपर्ने बताउनु भएको छ । केहि दिन अगाडी मात्र सरुवा भई जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीमा कार्यालय प्रमुखको रुपमा आउनुभएका नेपालीले जिल्लामा क्रियाशिल रहेका सञ्चारकर्मीसंग आईतवार परीचय तथा स्वास्थ्य क्षेत्रको समस्यालगायतका बिषयमा कुराकानी गर्दे उक्त कुरा बताउनु भएको हो ।

नेपालीले जिल्लामा रहेका हरेक स्वास्थ्य समस्याहरुलाई समाधान गर्न एक आपसमा सहकार्य र समन्वय गरी अगाडी बढ्नुपर्ने भन्दै स्थानिय स्तरमा रहेका नागरीकका स्वास्थ्य सम्बन्धी समस्याहरुको लेखाजोखा गर्न सञ्चार माध्ययमको महत्वपुर्ण भुमिका रहने बताउनु भयो । कार्यक्रममा कार्यालयका सुचना अधिकारी बिजय बिकले सहजिकरण गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

सन्धिखर्कमा भएकाे बृहत रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरे

डढेलो – (इन्द्रबज्रा छन्द)

सन्धिखर्क नगरपालीकामा योजना कार्यान्वयन तथा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

मियो

एमाले सनपा १० को अधिवेसन सम्पन्न- अध्यक्षमा मरासीनी

नेपाल प्रहरी: १ हजार एक सय ६५ जवान पदमा नयाँ भर्ना खुल्यो


TOP