शुक्रबार २९ जेठ २०८३

भदौ ३० – अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर ३ मा  गरिब, असहाय र अति विपन्न विद्यार्थीलाई भाग्य बोक्ने झोला वितरण गरिएको छ ।पहिलो पाइला नेपालले भूमिकास्थान गरपालिका वडा नम्बर ३ मा रहेको सिद्धार्थ आधारभूत विद्यालय र शंकर जनसेवा आधारभूत विद्यालयमा अध्ययनरत् १ सय १० जना गरिब, असहाय र अति विपन्न विद्यार्थीलाइ भाग्य बोक्ने झोला वितरण गरेको संस्थाका बुटबल शाखा उपाध्यक्ष सन्तोष बन्जाडेले बताउनु भयो  ।

भाग्य बोक्ने झोला अन्तर्गत विद्यार्थीहरुलाई सिद्धार्थ आधारभूत विद्यालयको प्रांगणमा एक कार्यक्रमकाबीच जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाले शैक्षिक सामग्री र सरसफाइ सामग्री प्रदान गर्नु भएको हो । उहाँले विद्यार्थी लक्षित सामग्री प्रदान गरेको बताउदै गाउँमा बढ्दै गरेको बसाइँसराइ रोक्न सबै लाग्नु पर्ने बताउनुभयो । सामुदायिक विद्यालयहरुमा खस्कँदै गरेको शिक्षाको गुणस्तर वृद्धि गर्न शिक्षक, अभिभावक, जन प्रतिनिधि तथा सबै सरोकारवालाहरु लाग्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा प्रत्येक विद्यार्थीलाई एक सेट झोला, एक दर्जन कापी, एक दर्जन पेन्सिल, तथा सरसफाइ सामग्री अन्तर्गत खाजा राख्ने टिफिन, पानी खाने बोतल, ब्रस, मन्जन, नेलकटर र  रुमाल प्रदान गरिएको पहिलो पाइला नेपालका केन्द्रीय महासचिव विनोद महतले बताउनुभयो ।

शैक्षिक सामग्री तथा सरसफाइ सामग्री प्राप्त गरेपछि आफूहरुलाई खुसी लागेकाे सिद्धार्थ आधारभूत विद्यालयमा कक्षा ५ मा अध्ययनरत विद्यार्थी रिता बिकले बताउनुभयो । उहाँले आफूहरुले प्राप्त गरेको सामग्रीले अध्ययन तथा सरसफाइमा ठूलो सहयोग पुग्ने बताउनुभयो । शैक्षिक सामग्रीकै अभावमा विद्यालयमा आएर अध्ययन गर्न नसकेका विद्यार्थीलाई यस्तो खालको सामग्रीले ठूलो सहयोग पुगेको उहाँको भनाइ छ ।

कार्यक्रममा जिल्ला समन्वय कार्यालयका प्रमुख जीवनारायण कोइराला, पहिलो पाइला नेपालका केन्द्रीय महासचिव विनोद महत, भूमिकास्थान नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष कृष्ण प्रसाद बन्जाडे, नगरपालिकाका शिक्षा शाखा प्रमुख तुपलाल सापकोटा, समाजसेवी बाबुराम बन्जाडे, अन्नपूर्ण माविका शिक्षक सुवास चन्द्र बन्जाडे, सिद्धार्थ आधारभूत विद्यालयका प्रधानाध्यापक खेमराज भाट, शंकर जनसेवा आधारभूत विद्यालयका प्रधानाध्यापक शालिकराम खनाल, नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश सदस्य प्रेमनारायण आचार्य, शिक्षक अभिभावक संघका बालकृष्ण पाण्डे, सस्थाका बुटबल शाखाका उपाध्यक्ष सन्तोष बन्जाडे लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम संस्थाका बुटबल शाखा  अध्यक्ष बिनाेद बस्यालकाे  अध्यक्षातामा सम्पन्न भएकाे हाे ।

 


Last Updated on: February 20th, 2024 at 3:54 am
३७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया