Trend
बिहिबार , माघ २, २०८२

९ असोज सन्धिखर्क – अर्घाखाँचीमा एघार वर्षीय बालिकालाई जबरजस्ती करणी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको मालारानी गाउँपालीका वडानं.९ स्थायी ठेगाना भई हाल सन्धिखर्क नगरपालिका,२ चुत्राबेशीमा बस्दै आएका २१ वर्षीय रामबहादुर पुन पक्राउ परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी प्रहरी निरीक्षक दिपेन्द्र रावलले बताउनुभयो ।

चुत्राबेसीमा रहेको गांगा आधारभुत बिद्यालय नजिकैको झाडीमा लगी जबरजस्ती करणी गरेको भनी पीडित बालिकाकी आमाले जाहेरी दिएपछि प्रहरीले पुनलाई पक्राउ गरेको हो । पुनलाई मंगलबार पक्राउ गरी करणी सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरि अर्घाखाँची जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी कानुन बमोजिम थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीको एकता सभा सम्पन्न, एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको नेताहरुको भनाइ

वीर नेपाली : (लोकछन्द)

सन्धिखर्कमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३५० जनाको चेकजाँच ४८ जनाको ईन्डोस्कोपी

सन्धिखर्क खानेपानीको साधारणसभा जारी, पार्दशी र गुणस्तरिय सेवामा ध्यान दिन नगरप्रमुख श्रेष्ठको आग्रह

अर्घाखाँची : एमाले महाधिवेशन प्रतिनिधी छनोटका लागी आज मतदान हुदै

अर्घाखाँचीमा चार हजार नौसय ३५ जना मतदाता थपिए


TOP