Trend

के पी भुसाल ‘अजस’ 

पहाड बस्ने पहाडी,तराई बासी हिमाली,
सुनौला फूल गुथेका एउटै माला नेपाली ,
पर्वतमाला बर्दान सगरमाथा शिरहो,
संसार सामु नझुक्ने,नेपाली हामी वीरहो ।

नदी र ताल हजार मिलेका बेशी जङ्गल
सुरिला गीत गाएर नाच्छन् डाँफे मुनाल,
हरिया डाँडा मदेस बहार सधै विशाल ,
विश्वको माझ सुन्दर,शान्त छ देश नेपाल ।

पुर्खाले खुन पसिना, भिजाइ ल्याए बिहानी,
चन्द्र र सूर्य अङ्कित झण्डाछ हाम्रो निसानी,
बहुल जाती संस्कृति, हृदय हाम्रो विशाल,
सबैको साझा उद्यान ,सिङ्गो देश नेपाल ।

बुद्धले यहीं जन्मेर,शान्तिका सन्देश् फिजाए,
शिवले यसै भूमिमा,धर्मको बास जमाए,
भृकुटी सिता जनक, विभूति हाम्रा उज्जल,
सभ्यता आफ्नै पूर्वीय,यो पुण्यभूमि नेपाल ।

दुख र सुख बाँडेर बस्नेहो सबै मिलेर,
देशको लागि जुटेर बढ्छौं अगि डटेर,
उन्नति पथ समाऔं इज्यत हाम्रो नफालि,
विभेद हामी चाहन्नौं एउटै जात नेपाली ।

प्रकाशन मिति : २०८० असोज ११

प्रतिक्रिया

सम्बन्धित खवर

  कार्तिक १२, २०८२ मंगलबार 6 Views

जागौं सबै सज्जन

  अषोज ११, २०८२ शनिबार 11 Views

यही त राजनीति हो

  अषोज ११, २०८२ शनिबार 14 Views

गजल

  अषोज ११, २०८२ शनिबार 16 Views

गजल

  अषोज ११, २०८२ शनिबार 21 Views

केही पन्छीको पहिचान – ( लोकछन्द)

  भाद्र ७, २०८२ शनिबार 13 Views

शीर्षक– “चनमती“ (छन्द गजगति)

ताजा अपडेट
धेरै पढिएको

TOP