Trend
शुक्रबार , असार २७, २०८२

के पी भुसाल ‘अजस’ 
हे देवी जननी महाभगवती अर्घा विराज्मान् सधै
बिन्ती गर्छु म दास हुँ चरणको सत्बुद्धि पाउँ खुबै,
हे काली जगदम्बिका जगतकी माता दया सागर,
सारा कष्ट विनाशमा हजुरको लागोस दृष्टिगोचर ।

हे दुर्गा सब भक्तकी हजुर नै, सन्ताप हर्ने हुदा,
सेवा गर्न तयार छौं हरघडी अज्ञान् हटोस् सर्वदा,
पापी दानवको विनाश गरने, देवी तिमी सार्थक,
पुण्यात्मा मनका सबै मनुजकी,लक्ष्मी तिमी पालक ।

अर्घा ग्राम रहेछ यो भुवनमा, देवी प्रभावस्थल,
गर्छौ पूजन धैर्यसाथ खुस भै,माफ्होस् भएमा भुल,
देवी शक्ति अनेक रूप बुझदै ध्यान्गर्दछौ सत्जन,
अर्घाकी जननी महाभगवती, गर्छौ सदा पूजन ।

बज्छन् घण्ट र शंख दैनिक जसो झाली र बाजाहरू,
चढ्छन् कैयन शुद्ध बस्तु पनिता,टीका प्रसादीहरू,
अर्पन्छौ हरबस्तु हर्षित खुबै, चल्ने सुवासित् हरू,
जय् अर्घाजननी महाभगवती, वर्दान माग्छौ बरू ।

टाढाबाट तमाम भक्तजनता आएर अर्घा महाँ,
गर्छन् भाक्कल नै प्रसन्न मनले,इच्छा पुरागर्नमा,
जय् देवी जननी खुसीहुनुभई, माफ्गर्नु गल्ती झुरा,
जय् जय् जननी अर्घाभगवती सब् ताप् हर्नोस् पुरा ।।

प्रकाशन मिति : २०८० कार्तिक १५

प्रतिक्रिया

सम्बन्धित खवर

  असार २३, २०८२ सोमबार 7 Views

झोले हुन् जहर – असारे गीत (लोक छन्द)

  जेठ २४, २०८२ शुक्रबार 23 Views

झोले र चम्चा – (शार्दुविक्रीडित छन्द)

  जेठ २४, २०८२ शुक्रबार 24 Views

गजल

  जेठ २४, २०८२ शुक्रबार 18 Views

मुक्तक

  जेठ २४, २०८२ शुक्रबार 19 Views

वन्दना कविता (भुजङ्गप्रयात)

  जेठ २४, २०८२ शुक्रबार 19 Views

गजल

ताजा अपडेट
धेरै पढिएको

गोखुङ्गामा एकदिने निःशुल्क मुटु शिविर सम्पन्न, १५० जनाको स्वास्थ्य परिक्षण

गजल

निवृत्त राष्ट्रसेवक समाज नेपाल अर्घाखाँचीको अध्यक्षमा घिमिरे

वाङ्ला र डिभर्नामा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, २८९ जनाको स्वास्थ्य परीक्षण

गजल

त्रिवेणी बाल समुह गठन,अध्यक्षमा मोनिक खनाल चयन


TOP