Trend
सोमबार , मंग्सिर ३०, २०८२

के पी भुसाल ‘अजस’ 
हे देवी जननी महाभगवती अर्घा विराज्मान् सधै
बिन्ती गर्छु म दास हुँ चरणको सत्बुद्धि पाउँ खुबै,
हे काली जगदम्बिका जगतकी माता दया सागर,
सारा कष्ट विनाशमा हजुरको लागोस दृष्टिगोचर ।

हे दुर्गा सब भक्तकी हजुर नै, सन्ताप हर्ने हुदा,
सेवा गर्न तयार छौं हरघडी अज्ञान् हटोस् सर्वदा,
पापी दानवको विनाश गरने, देवी तिमी सार्थक,
पुण्यात्मा मनका सबै मनुजकी,लक्ष्मी तिमी पालक ।

अर्घा ग्राम रहेछ यो भुवनमा, देवी प्रभावस्थल,
गर्छौ पूजन धैर्यसाथ खुस भै,माफ्होस् भएमा भुल,
देवी शक्ति अनेक रूप बुझदै ध्यान्गर्दछौ सत्जन,
अर्घाकी जननी महाभगवती, गर्छौ सदा पूजन ।

बज्छन् घण्ट र शंख दैनिक जसो झाली र बाजाहरू,
चढ्छन् कैयन शुद्ध बस्तु पनिता,टीका प्रसादीहरू,
अर्पन्छौ हरबस्तु हर्षित खुबै, चल्ने सुवासित् हरू,
जय् अर्घाजननी महाभगवती, वर्दान माग्छौ बरू ।

टाढाबाट तमाम भक्तजनता आएर अर्घा महाँ,
गर्छन् भाक्कल नै प्रसन्न मनले,इच्छा पुरागर्नमा,
जय् देवी जननी खुसीहुनुभई, माफ्गर्नु गल्ती झुरा,
जय् जय् जननी अर्घाभगवती सब् ताप् हर्नोस् पुरा ।।

प्रकाशन मिति : २०८० कार्तिक १५

प्रतिक्रिया

सम्बन्धित खवर

  मंग्सिर ९, २०८२ सोमबार 13 Views

वीर नेपाली : (लोकछन्द)

  कार्तिक २६, २०८२ मंगलबार 25 Views

अमर शहीद

  कार्तिक १२, २०८२ मंगलबार 22 Views

जागौं सबै सज्जन

  अषोज ११, २०८२ शनिबार 22 Views

यही त राजनीति हो

  अषोज ११, २०८२ शनिबार 28 Views

गजल

  अषोज ११, २०८२ शनिबार 29 Views

गजल

ताजा अपडेट
धेरै पढिएको

अमर शहीद

जागौं सबै सज्जन

सन्धिखर्कमा हरिबोधनी एकादशीको अवसरमा भव्य मेला

एमाले उपमहासचिव ज्ञवाली आज सन्धिखर्क आउँदै

नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीको एकता सभा सम्पन्न, एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको नेताहरुको भनाइ

लुम्बिनी सहित बागमती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो वर्षा र हिमपातको सम्भावना,उच्च सतर्कताका साथ यात्रा गर्न अनुरोध


TOP