Trend
बिहिबार , माघ २, २०८२

के पी भुसाल ‘अजस’
(१)
घमण्ड घातहो हेर, अग्रगामी निकासको,
अहङ्कार सकाउँछ,मान निष्ठा मनुष्यको ।
(२)
मान्छेको गुणहो हेर, नम्रता अतिउत्तम,
संकट जोखिमी घेर्दा,उम्कने बन्छ साधन ।
(३)
पाप हुन्छ अरूमाथि खेदो गर्नु अकार्थमा,
सहोदर तथा ज्ञानी , दुखमा हुन्न साथमा ।
(४)
धोका दिने अरूलाई, पार हुन्न कदाचन ,
बिगार्ने पुल नै मूर्ख, तैरला कसरी भन ।
(५)
सनकी अठवा ब्यक्ति,निहुरन्न कतै शिर,
गुदिलो धानको बाला,फर्कन्छ धरती तिर ।
(६)
नगर्नु झुटको खेती, सप्रन्छ सहजै अति,
बिगार्छ आफनै बारी,बिग्रन्छ मान सन्नति ।
(७)
फूल र रूपको ख्याति,टिक्दैन सर्वदा रती,
रोकिदैन निमेष्भर् नै धर्तीमा चक्रवत् गति ।
(८)
रहेछ दुखको बारी, जागिर पनिता सधै,
यदा सत्य गरे खेती,दिन्छ उब्जा मिठो सिधै ।।

प्रकाशन मिति : २०८० मंसिर ६

प्रतिक्रिया

सम्बन्धित खवर

  माघ २, २०८२ बिहिबार 2 Views

सन्धिखर्क एफएमलाई शुभकामना

  पुष २७, २०८२ आइतबार 6 Views

पृथ्वीलाई संझदा – (उपजाति छन्द)

  मंग्सिर ९, २०८२ सोमबार 32 Views

वीर नेपाली : (लोकछन्द)

  कार्तिक २६, २०८२ मंगलबार 43 Views

अमर शहीद

  कार्तिक १२, २०८२ मंगलबार 37 Views

जागौं सबै सज्जन

ताजा अपडेट
धेरै पढिएको

नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीको एकता सभा सम्पन्न, एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको नेताहरुको भनाइ

वीर नेपाली : (लोकछन्द)

सन्धिखर्कमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३५० जनाको चेकजाँच ४८ जनाको ईन्डोस्कोपी

अर्घाखाँची : एमाले महाधिवेशन प्रतिनिधी छनोटका लागी आज मतदान हुदै

सन्धिखर्क खानेपानीको साधारणसभा जारी, पार्दशी र गुणस्तरिय सेवामा ध्यान दिन नगरप्रमुख श्रेष्ठको आग्रह

अर्घाखाँचीमा चार हजार नौसय ३५ जना मतदाता थपिए


TOP