आइतबार २० बैशाख २०८३

मंसिर ८- नेपाली सेनाले रिक्त पदपूर्तिका लागि तीन हजार चार सय १३ जनाको आवेदन माग गरेको छ । सेनाको भर्ना छनोट निर्देशनालय जङ्गी अड्डाले सुक्रवार एक सूचना निकालेर सैन्य तथा विभिन्न ट्रेडका फ्लोअर्स पदहरूका लागि दरखास्त आह्वान गरेको हो ।खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्तिका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सैन्य पदको हकमा नेपाली सेनाको आधिकारिक वेबसाइटबाट अनलाइन दरखास्त दिन सक्नेछन् ।

ट्रेडका फ्लोअर्स पदहरूको हकमा उम्मेदवार स्वयं भर्ना केन्द्रमा उपस्थित भइ दरखास्त फाराम भरी दरखास्त पेस गर्नुपर्नेछ ।दरखास्त आज सुक्देरवार देखि आउँदो पुस ७ गतेसम्म आवेदन दिन सकिने छ । दोब्बर दस्तुर तिरेर थप एक हप्ता आवेदन दिन सकिने भर्ना छनोट निर्देशनालय, जङ्गी अड्डाले जनाएको छ ।

2023-11-24-12-16-11-gopa-mangsir-8

 

 


Last Updated on: November 24th, 2023 at 5:45 am
२२९ पटक हेरिएको

तपाईको प्रतिक्रिया