Trend
बुधबार , असार ४, २०८२

                 के पी भुसाल ‘अजस’
दिनको शोभा सूर्यले दिन्छन् रातीमा जुनले
हरा र भरा यो धर्ती राम्रो जीव् जन्तु हुनाले,
दैनिक जीवन् फरक पार्छ घामको चालले,
सृष्टिमा उत्तम मनुष्य जाती विवेक हुनाले ।

मान्छेका रूप अनेकौं हुन्छन् मिल्दैन कसैको,
वर्ग र गुण मिलेको हुन्छ ,धर्तीमा सबैको,
रङ्गमा भेद मानिस हुन्छ, हुदैन बनोट,
मनुष्य जुनी उत्तम चोला, प्राणीहो छनोट ।

संसार भरी अनेकौं थरी, मानिस बस्दछन्,
भेष र भूषा हुदैन एकै, सबैका फरक् छन्
संस्कृति कला बचायो भने इतिहास रहन्छ,
पुर्खौली प्रथा भुलदै गए, पहिचान् मेटिन्छ, ।

विदेश जाने नेपाली लस्कर, हटेन यी दिन,
युवाको श्रम स्वदेस भित्र भिज्लाकि कैदिन,
गरेर काम समृध्दि खोज्नु त्यो उँचो शिर हो,
विश्वको कुना काप्चामा पुग्ने नेपाली बीरहो ।

दाजु र भाइ दिदी र बैनी, प्रवासी नेपाली,
अमूल्य ज्ञान संस्कृति हाम्रो जोगाऔं समाली,
हातको मैलो धनको ओइरो क्वैदिन फर्कन्छ,
पुर्खाको संस्कार विर्सियो भने गौरव मेटिन्छ ।

मुटुका टुक्रा औलाद हाम्रा, विदेश जन्मेका,
हावा र पानी प्रदेशी खाइ हुर्केका बढेका,
नेपाली तन भएर पनि हुदैन विचार ,
स्वदेशी पन हुनको लागि चाहिन्छ संस्कार ।

नेपाली भाषा कला र गला सिकाए प्रबिधि,
बाबु र नानी सिक्दछन् छिटो, बिग्रन्न प्रकृति,
बाहिर अनि स्वदेश भित्र , जोगिए संस्कृति,
बन्दछ हाम्रो समाज राम्रो, बढ्दैन विकृति ।।

प्रकाशन मिति : २०८० मंसिर १५

प्रतिक्रिया

सम्बन्धित खवर

  जेठ २४, २०८२ शुक्रबार 10 Views

झोले र चम्चा – (शार्दुविक्रीडित छन्द)

  जेठ २४, २०८२ शुक्रबार 12 Views

गजल

  जेठ २४, २०८२ शुक्रबार 9 Views

मुक्तक

  जेठ २४, २०८२ शुक्रबार 9 Views

वन्दना कविता (भुजङ्गप्रयात)

  जेठ २४, २०८२ शुक्रबार 11 Views

गजल

  जेठ १५, २०८२ बुधबार 13 Views

प्रजातन्त्र –(लोकगीत )

ताजा अपडेट
धेरै पढिएको

TOP