
के पी भुसाल ‘अजस’
बिर्सने छैन मातनेछैन ,हेआमा नेपाल,
यो छाती भित्र अटल चित्र,छ तिम्रै विसाल,
पढेर पनि पाइन काम , खै जन्म भूमिमा,
प्रदेश आयें गरेर खाँन,कामको खोजिमा ।

सम्पन्न सबै होला र कैले पापी यो सन्सार,
समृद्ध मैले खोजेको हैन बाँचने आधार,
रात र दिन गर्दछु काम म अल्छी गर्दिन,
पसिना जति बगाए पनि पैसा ता बच्दिन ।
श्रमको मूल्य पाइन्छ यहाँ, पसिना बगाए,
ठगेर यहाँ चल्दैन काम , जाँगर नभए,
विभेद हुन्न सानो र ठूलो, मान्छेका पदको,
मर्यादा हुन्छ समान सधै , जेसुकै कामको ।
हिसाब मात्रै रुपियाँ पैसा, गरेर हुदैन,
अनेकौं हुन्छन् झमेला यहाँ,मिलाउन कठिन,
भाडामा कोठा लिनुनै पर्छ, मिल्दैन रोजेर,
महिना पुग्दा बुझाए डलर, पाइन्छ खोजेर ।
नभए गाडी सकस हुन्छ, जीवन यापन,
गाडीको किस्ता रोकिन हुन्न,बिग्रन्छ बयान,
स्वास्थ्यको बिमा गराए सधै,पाइन्छ निसाफ,
ससाना खर्च दैनिक हुन्छ, केभन्नु विषाद ।
लाउँन खाँन चाहिने खर्च, केगर्नु बखान,
घरका कुरा सोचना लिए, निद्रा नै लाग्दिन,
मनको पीडा बढेर जान्छ, उमङ्ग नलिए,
साथी र भाइ पार्टीमा जाँदा, सामेल नभए ।
अनेक थरी जन्जाल पनि , ल्याउँछ समय,
योमन सारै बन्दछ खिन्न, गोजीमा नभए,
जाँगर धैर्य नभए यहाँ, खर्च नै पुग्दिन,
औकात संझि नमाने लाज, चल्दछ जीवन ।
मनका ब्यथा मुखले सबै, म बक्न सक्दिन,
कुरामा मात्र भुलियो भने, जीवन चल्दिन,
गरेर खाँने काममा सुर्ता, यै बानी पारियो,
यो मायाँजाल चल्दैन माते, भासमा परियो ।
जाँगर जोस यौवन बल, साँचेर साँचिन्न,
अहिले यहाँ यो कर्म भूमि,छाड्न म सक्दिन,
घर्केको ज्यान यो शुद्ध मन, संझेर हिमाल,
फिर्नेछु क्वैदिन अवस्य मैले,हेआमा नेपाल ।।
प्रकाशन मिति :२०८० मंसिर २९