Trend
बिहिबार , फागुण २८, २०८२

के पी भुसाल ‘अजस’
पहाड बस्ने पहाडी,तराई बासी हिमाली,
सुनौला फूल गुथेका एउटै माला नेपाली ,
पर्वतमाला बर्दान सगरमाथा शिरहो,
संसार सामु नझुक्ने,नेपाली हामी वीरहो ।

नदी र ताल हजार मिलेका बेशी जङ्गल
सुरिला गीत गाएर नाच्छन् डाँफे मुनाल,
हरिया डाँडा मदेस बहार सधै विशाल ,
विश्वको माझ सुन्दर,शान्त छ देश नेपाल ।

पुर्खाले खुन पसिना, भिजाइ ल्याए बिहानी,
चन्द्र र सूर्य अङ्कित झण्डाछ हाम्रो निसानी,
बहुल जाती संस्कृति, हृदय हाम्रो विशाल,
सबैको साझा उद्यान ,सिङ्गो देश नेपाल ।

बुद्धले यहीं जन्मेर,शान्तिका सन्देश् फिजाए,
शिवले यसै भूमिमा, धर्मको बास जमाए,
भृकुटी सिता जनक, विभूति हाम्रा उज्जल,
सभ्यता आफ्नै पूर्वीय, यो पुण्यभूमि नेपाल ।

दुख र सुख बाँडेर बस्नेहो सबै मिलेर,
देशको लागि जुटेर बढ्छौं अगि डटेर,
उन्नति पथ समाऔं इज्यत हाम्रो नफालि,
विभेद हामी चाहन्नौं एउटै जात नेपाली ।।

प्रकाशन मिति : २०८० पुष १३

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

चुत्रावेसीको त्रिवेणीधाममा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला

सन्धिखर्क एफएम नवौँ वर्षमा प्रवेश

सन्धिखर्क एफएमलाई शुभकामना

अर्घाखाँचीमा ३ जना स्वतन्त्र सहित १५ जनाको उम्मेदवारी दर्ता

नवौँ सन्धिखर्क नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि गौरीशंकरलाई

अर्घाखाँचीमा टिप्पर दुर्घटना, चालकको मृत्यु


TOP