शुक्रबार २९ जेठ २०८३

केपी भुसाल ’अजस’
(१)
लाखौंलाख मनुष्य माँझ विरलै जन्मन्छ नेता अनि,
नेता नाम ठुलो सधै जगतमा मान्छे ठुलो हो पनि,
जन्ताको मनला जितेर बढने नेता हुने जात हो,
राम्रा नीति बनाउदै मुलुकको गर्ने सधै काम हो,
(२)
राम्रा काम गरे समाज बिचमा नेता ठुलो बन्द छ,
उस्कै भित्र सधै सुधार गरदा कस्ले ठुलो ठान्द छ,
त्यागी ज्ञान पवित्र भाव हरघडी, साधा भए जिन्दगी
नेताका गुणहुन् सधै जगतमा, भन्छन् अरू सादगी ,
(३)
गर्छन् स्वागत सानले नरहरू,आफ्ना घरै आउदा,
पोख्छन् पीर सबै जना खुसहुदै नेता सधै पाउदा,
दिन्छन् आस र साथ नैतिक हरू नेता हुने लायक,
गर्छन् दुर्जनता ठगी सहचरी मिथ्या अझै घातक,
(४)
पाउ्छन् स्वागत बेस नायकहरू बोली बचन्ले अनि,
पाउँछन् जनबाट धेर खुसका खादा र माला पनि,
धाउँछन् जब दुःखमा घरघरै,नेता लिदै भाजन,
सारैनै जनता तनाव घटदा , थाल्छन् खुसी बाँडन,
(५)
के आयो भुल यो कतै जनहरू,लागे क्षणिक् मातमा,
हिड्छन् कैयन नौजवान पनिता,भुल्दै खुवै मोजमा,
माछा मासु र दारुको सनकले बिग्रे अचाक्ली कति,
नेता जो सनकी बुझेर पनिता लाग्छन् उनैका पछि,
(६)
खोज्छन् कै जनता लुकाउन अझै उन्कै कुकार्यहरू,
लुक्दैनन् अवता चिने सबजना घाती कुकर्मीहरू,
फल्ने हैन विषालु रूख मलले बाँच्ने बचाउने सुधा,
माग्छौ भोट भने अटेर जनले भिर्छौ गलामा जुता,
(७)
सारै दुःख भयो उदार नहुदा,नेता अझै नायक,
धर्तीले अबता दयागर खुबै सच्चा दिदै नायक,
पीडा घाउ हटाउने ऋदयका चाहिन्छ है सेवक,
अज्ञानी निठुरी दलाल भतुवा चाहिन्न है सेवक ।।


Last Updated on: December 29th, 2023 at 4:25 am
१६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया