Trend

पौष–१३,अर्घाखाँची – नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड माघ १ गते अर्घाखाँची आउनुहुने भएको छ । नेपाल पत्रकार महासंघ अर्घाखाँचीको आयोजनामा सञ्चालन हुने अर्घाखाँची पर्यटन प्रबर्द्धन कार्यक्रम २०८० को समुद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड आगामी माघ १ गते अर्घाखाँची आउन लाग्नुभएको हो । विकासका लागि महाअभियान नाम दिइएको अर्घाखाँची पर्यटन प्रबद्र्धन कार्यक्रमको उद्घाटन गर्न प्रधानमन्त्री सहित मुलुकका विशिष्ट व्यक्तित्व अर्घाखाँची आउने भएपछि कार्यक्रमको तयारीलाई तिव्र पारिएको नेपाल पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनालले जानकारी दिनुभयो ।

यहि पुष १ गते अभियानको लोगो सार्वजनिक गरेर कार्यक्रमको औपचारिक घोषणा गरेको पत्रकार महासंघले बिहिबार जिल्ला स्थित सरोकारवालासंग सर्वपक्षिय बैठक समेत सम्पन्न गरेको छ । जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जिवनारायण कोइरालाको संयोजनमा बसेको बैठकले कार्यक्रम उद्घाटन समारोहको स्थल टुडिखेललाई तय गरेको छ ।

६ वटै पालिकाका प्रमुख,जिल्ला स्थित राजनितिक दलका प्रमुख र प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल सहित सुरक्षा निकायका प्रमुख,पत्रकार तथा अन्य सरोकारवालाहरुको बिशेष उपस्थितिमा सम्पन्न बैठकले कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न तिनवटा बिषयगत समिति समेत गठन गरेको छ । बैठकले पर्यटन राज्यमन्त्री शुसिला श्रीपाली संयोजक,प्रतिनिधिसभा सदस्य बिजुला रायमाझी,प्रदेशसभा सदस्यद्धय चेतनारायण आचार्य र रामजी घिमिरे रहेको ४ सदस्यिय सल्लाहकार समिति, जिल्ला समन्वय प्रमख जीवनारायण कोइराला संयोजक, ६ वटै पालिकाका प्रमुख, जिल्ला स्थित राजनितिक दलका प्रमुख, प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल सहित सुरक्षा निकायका प्रमुख सदस्य रहेको निर्देशक समिति र पत्रकार महासंघ अर्घाखाँचीका अध्यक्ष अशोक खनाल संयोजक र कार्यसमिति सहित क्रियाशिल पत्रकार सदस्य रहेको मुल आयोजक समिति बनाएको पत्रकार महासंघ अर्घाखाँचीका सह–सचिव हृदयकुमार भुसालले जानकारी दिनुभयो ।

महासंघले जिल्लाका पर्यटकीय क्षेत्रको पहिचान गरि धेरै भन्दा धेरै पर्यटकलाई जिल्लामा ल्याउन यो कार्यक्रम आयोजना गर्न लागेको पत्रकार महासंघ अर्घाखाँचीले जनाएको छ । “आर्थिक विकास, पर्यटन प्रबद्र्धन र स्थानीय रोजगारीका लागि” भन्ने नाराका साथ यो कार्यक्रम सञ्चालन हुदै छ ।

गोपाल प्रसाद भट्टराई

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

छड्के नजर : (शार्दुलविक्रीडित छन्द)

नौली बुहारी – (इन्द्रवज्रा छन्द)

अर्घाखाँची व्यापार संघको अध्यक्षमा योगेन्द्र खड्का निर्वाचित

साथी सहकारीको १२ औं वार्षिक साधारण सभा सम्पन्न

मल्लरानी ग्रामिण बिकास सरोकार केन्द्रको आयोजनामा एचआईभी समन्वय बैठक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पीडाभित्रको पीडा : (शिखरिणी छन्द)


TOP