बुधबार १६ बैशाख २०८३

पुस १४, कोरियामा पानी जहाज निर्माण क्षेत्रमा भाषा परीक्षा दिइ बसेका सबैका लागि उत्पादन क्षेत्रको भाषा परीक्षामा आवेदन खुलेको छ । वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस शाखाले पर्सि १६ गतेदेखि १८ गतेसम्म फाराम भर्नको लागि आवेदन खुला गरेको हो । उच्च अदालत पाटनले हिजो शुक्रबार आवेदन फाराम भर्न रोक नलगाउन आदेश दिएपछि कोरियाको मानव संशाधन विभागबाट सकारात्मक प्रतिक्रिया आएको भन्दै विभागले गएको साउनमा जहाज क्षेत्रमा भाषा परीक्षा दिएका आवेदकहरुले मात्रै फारम भर्न पाउने निर्णय गरेको हो । विभागले पानी जहाजभन्दा बाहेकका व्यक्तिले फारम भर्न नपाइने जनाएको छ ।

यसअघि उच्च अदालतले रिट निवेदन दिने १८ जनाको हकमा फाराम भर्न आदेश दिएको र ईपीएस शाखाले त्यसैअनुसार १८ जनाको लागि मात्रै आवेदन खुलाएपछि अरु परीक्षार्थीले विरोध थिए । सुक्रवार भएको विरोध प्रदर्शनको क्रममा दुई युवाको ज्यान गएको थियो । -उज्यालो


Last Updated on: December 30th, 2023 at 1:47 am
१६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया