Trend
बुधबार , फागुण ६, २०८२

श्याम घिमिरे,
पुस १६ अर्घाखाँची,
अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नं. ७, ८ र ९ मा पर्यटन प्रर्वद्धन सम्बन्धी वडास्तरीय अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ अर्घाखाँचीले ‘अर्घाखाँची पर्यटन प्रर्वद्धन अभियान २०८०’ सुरु गरे संगै जिल्लाका ६१ वटै वडामा अन्तरक्रिया कार्यक्रम सुरु भइरहेका छन । अभियान अन्तर्गत आइतवार मालारानीको बामरुक,हंसपुर र गोखुङ्गामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।

मालारानी गाउँपालीका अध्यक्ष दलबहादुर भट्टराई र ७ नं.वडा अध्यक्ष खड्क भुसालको आतिथ्यतामा बामरुकमा गरिएको कार्यक्रममा बोल्दै पालीका अध्यक्ष भट्टराईले पत्रकार महासंघको अगुवाइमा सञ्चालन भइरहेको यसप्रकारको अभियानले समग्र जिल्लाको बिकाससंगै प्रचारप्रसारमा सहयोग पुग्ने बताउनुभयो । यस्तै वडाअध्यक्ष भुसालले कार्यक्रमले ओझेलमा परेका धार्मीक एवं पर्यटकिय क्षेत्रको प्रचारप्रसारमा टेवा पुग्ने बताउनुभयो । सो कार्यक्रमबाट बामरुकको नरसिंह भगवानको मन्दिरलाई वडाको प्रमुख धार्मिक तथा पर्यटकिय स्थलको रुपमा छनोट गरिएको छ ।

यस्तै  मालारानी ८ हंसपुरमा गरिएको कार्यक्रममा बोल्दै का.वा.वडा अध्यक्ष बलबहादुर हौजालीले पर्यटन प्रर्वद्धन कार्यक्रम जिल्लाकोलागी मत्वपुर्ण कार्यक्रम रहेको बताउनुभयो । कार्यपालीका सदस्य पद्मा पन्थीले पर्यटकिय क्षेत्रको प्रचारप्रसारले समग्र क्षेत्रको बिकास हुने बताउनुभयो । ८ नं वडामा रहेका धेरै धार्मिक तथा पर्यटकिय स्थलहरुमध्ये राँगामारे भगवति मन्दिरलाई छनोट गरिएको छ ।

त्यस्तै मालारानी ९ गोखुङ्गामा गरिएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी वडाअध्यक्ष महेन्द्रबाबु खनालले पर्यटन प्रर्वद्धन कार्यक्रम महत्वपुर्ण रहेको भन्दै पत्रकार महासंघको अभियानलाई प्रशंसा समेत गर्नुभयो । खनालले पर्यटन प्रर्वद्धनसंग धेरै कुराहरु जोडिएको बताउदै यस प्रकारको महान कार्यमा सबै लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा वडासदस्य धनिश्वर पन्थीले उपस्थित सबैलाई सब्द मार्फत स्वागत गर्नुभएको थियो । कार्यक्रमबाट ९ नं वडामा रहेका धार्मिक तथा पर्यटकिय स्थलहरुमध्ये दोखामे डाँडामा रहेको रुद्र गुफ्फालाई पहिलो प्राथमिकतामा राखि छनोट समेत गरिएको छ ।

वडाका जनप्रतिनिधी, राजनितिक दलका प्रतिनिधि, विद्यालयका प्रअ, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेबिका, आमा समुहका प्रतिनिधि,सहकारी संस्थाका प्रतिनिधि लगायत स्थानिय अगुवाहरुको उपस्थिती रहेको कार्यक्रमा पत्रकार श्याम घिमिरे,सिद्धार्थ केसी,सागर महत,प्रकाश चुँदाली र इन्द्रलाल रेग्मीले अभियानको विषयवस्तुमाथि प्रकाश पार्नु भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँचीबाट संघीय सांसदमा स्वतन्त्र रूपमा चुनाव लड्ने नारायण खनालको औपचारिक घोषणा

खिल्जी युवा क्लब एनभिए कप राष्ट्रिय भलिबल च्याम्पियनसिप – २०८२ मा सहभागी हुने

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

हुलाक सेवा सम्बन्धमा रेडियो तथा टेलिभिजनकर्मीहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

फागुन २१ को निर्वाचनलाई शान्तिपूर्ण तवरले बहिष्कार गर्छों – ब्युरो सेक्रेटरी सुनार

रास्वपा र बालेनबीच सातबुँदे सहमति : रवि पार्टी सभापति र बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने


TOP