Trend
सोमबार , मंग्सिर ३०, २०८२

श्याम घिमिरे,
पुष २१ अर्घाखाँची

नेपाल हृदयरोग निवारण प्रतिष्ठान अर्घाखाँचीको छैठौं साधारणसभा सम्पन्न भएको छ । सुक्रवार सन्धिखर्कमा सम्पन्न सभाको सन्धिखर्क नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले व्यानर वाचन गरेर उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले स्वथ्य जिवनयापनकालागी स्वथ्य मुटुको आबश्यकता पर्ने भन्दै,मानब अंगको समवेदनशिल अंग मुटुलाई स्वथ्य राख्नु आजको पहिलो आबश्यकता रहेको बताउनु भयो । श्रेष्ठले मुटुलाई स्वथ्य राख्न खानपान र बानि व्यवहारलाई पुर्णरुपमा परिबर्तन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मुटु सम्बन्धी समस्यालाई सामान्य रूपमा लिन नहुने भन्दै समयसमयमा मुटु परिक्षण गर्नु सबैलाइ आग्रहपनि गर्नुभयो ।

संस्थापक नगर प्रमुख कमलप्रसाद भुसालले मानव स्वास्थ्य भन्दा अरु कुनै कुरा ठुलो हुन नसक्ने भन्दै मानव स्वास्थ्यलाई सबैले ध्यानदिनुपर्ने बताउनुभयो । भुसालले दुर्गम स्थानमा समेत पुगि प्रतिष्ठानले निशुल्क स्वास्थ्य शिविर सहित सचेतना मुलक कार्यक्रम सञ्चालन गरको भन्दै संस्थाको प्रशंसा समेत गर्नुभयो । भुसालले यसप्रकारको परोपकारी अभियानमा सबैले सहयोग र साथ दिनुपर्नेमा जोडपनि दिनुभयो ।

जिल्ला अस्पताल अर्घाखाँचीका प्रमुख डा.जगन्नाथ तिवारीले मुटु रोग सबै उमेर समुहका व्यक्तिलाई हुनसक्ने भएपनि बिशेषगरी बालबालिकालाई घाँटी दुख्ने र टन्सील बढीरहदा मुटुसम्बन्धी समस्या हुनसक्ने जोखिम रहेकोले सावधानी अपनाउन सबैलाइ आग्रह गर्नुभयो । तिवारीले समयसमयमा मुटुको जाच गर्न सुझाव पनि दिनु दिनुभयो । उहाँले अस्पताल प्रतिष्ठानसँग सहकार्य गरी अघि बढ्ने प्रतिबद्धता समेत व्यक्र गर्नुभएको थियो ।

सन्धिखर्क ८ का वडा अध्यक्ष तथा प्रतिष्ठानका संस्थापक अध्यक्ष हुम प्रसाद बञ्जाडेले स्थापना कालमा आफुले नेतृत्व गरेको प्रतिष्ठान अहिलेपनि सक्रिय रुपमै अघि बढेको भन्दै खुसी व्यक्त गर्नुभयो । कार्यक्रममा छाँया अस्पतालका सञ्चालक दल बहादुर केसी, पत्रकार अर्जुन भुसाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा पत्रकारिताको माध्यमबाट संस्थाका गतिविधिलाई उजागर गरेको भन्दै पत्रकार अर्जुन भुसाललाई सम्मान गरेको समेत गरेको थियो । कार्यक्रम प्रतिष्ठानका अध्यक्ष कृष्णप्रसाद भुसालको अध्यक्षता, सदस्य कविता भुसालको स्वागत मन्तव्य र सचिव मेनुका पौडेलको सञ्चालनमा सम्पन्न भएको हो ।

२०६७ सालमा स्थापना भएको संस्थामा हाल १४० जना आजिवन सदस्यहरु रहेका छन । संस्थाले जिल्लामा मुटुरोग सम्बन्धी बिभिन्न सचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दे आईरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

  मंग्सिर १६, २०८२ सोमबार 4 Views

शिक्षक खोज्न १९ औँ पटक विज्ञापन

ताजा अपडेट
धेरै पढिएको

अमर शहीद

जागौं सबै सज्जन

सन्धिखर्कमा हरिबोधनी एकादशीको अवसरमा भव्य मेला

त्रिवेणी सहकारीको १४ औं बार्षिक साधारण सभा सम्पन्न

एमाले उपमहासचिव ज्ञवाली आज सन्धिखर्क आउँदै

नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीको एकता सभा सम्पन्न, एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको नेताहरुको भनाइ


TOP