Trend

के पी भुसाल ’अजस’

(१)
राजा रजौटा कलमात्र गर्थे,
साना कुरामा प्रतिसोध लिन्थे,
मिचेर सीमा झगडा अनेक,
लडाइ हुन्थ्यो नहुदा विवेक,
(२)
गोर्खा थियो शास्वत राज्य एक,
गर्थे खुबै आदर् पनिता छिमेक,
पृथ्वी महाराज बढाइ सान,
नेपाल निर्माण गरे महान,
(३)
छौ धन्य पृथ्वी खुबनाम राख्यौ,
अमेलका राज्य जितेर छाड्यौ,
थियोनि तिम्रो कदमै कमाल,
नेपाल योदेश भयो विसाल,
(४)
दिव्योपदेश् जो छ तिमी दिएका,
राम्रा सबैछन् अतिनै मिलेका,
बुझेर तिम्रा उपदेश् विचार,
अगाडि बढ्दा छ हुने सुधार,
(५)
अङ्कित् छ झण्डा रविचन्द्र हेर,
गाथा र गौरव् अति नै छ धेर,
छ भेष राम्रो र खुबै छ भाषा,
उँचो छ जस्को शिर नै हमेसा,
(६)
आकाश धर्ती जब सम्म होला,
योअक्षत् नेपाल् तबसम्म बोल्ला,
विभूति पृथ्वी पनि हौ अ मूल्य,
सम्मान छ हाम्रो अव देवतुल्य,
(७)
हो पौष सत्ताइस एकताकोदिन्,
पृथ्वी जयन्ती छ भनेर जान,
मान्छौं सबै नै खुससाथ यो दिन्,
थिएनि ठूला नृप ता कुनैदिन्,
(८)
पृथ्वी तिमी हौ स्थिर चन्द्र एक,
र चम्कि रहेछौ जुन छौ र एक,
संझेर तिम्रा गुन ती हरेक,
नेपालको खेल अदृष्य देख ।।

प्रकाशन मिति : २०८० पुष २७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँचीमा ३ जना स्वतन्त्र सहित १५ जनाको उम्मेदवारी दर्ता

बसन्त पञ्चमीका अवसरमा लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा

नवौँ सन्धिखर्क नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि गौरीशंकरलाई

तिलोत्तमा जेसिजको १४औँ पदस्थापना समारोहमा डा. मोहन भुसाल सम्मानित

सातौँ अर्घाखाँची महोत्सवमा झन्डै ५ करोडको कारोबार, ७० हजारभन्दा बढी दर्शकले मेला अबलोकन गरे

एमाले भूमिकास्थान नगरस्तरीय विस्तारित बैठक तथा उम्मेदवारसँग भेटघाट कार्यक्रम सम्पन्न


TOP