Trend
बुधबार , फागुण ६, २०८२

नेत्र प्रसाद मरासिनी
पुस २६, सन्धिखर्क

प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”द्वारा समुद्घाद्घाटन हुने अर्घाखाँची पर्यटन प्रबर्द्धन २०८० को लागि अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा निर्देशक समितिको वैठक सम्पन्न भएको छ । “आर्थिक विकास, पर्यटन प्रबर्द्धन, स्थानीय रोजगारीका लागि अर्घाखाँची पर्यटन प्रबद्र्धन कार्यक्रम–२०८०“ अभियानले अर्घाखाँचीका धार्मिक, ऐतिहारिक र पर्यटकीय स्थलहरुको प्रचार प्रसार र प्रबद्र्धन गर्नेछ । नेपाल पत्रकार महासंघ अर्घाखाँचीले आयोजना गरेको उक्त कार्यक्रम माघ १ गते सन्धिखर्कको टुँडीखेलमा उद्घाटन गरी शुभारम्भ गरिनेछ ।

कार्यक्रमलाई सम्पन्न गर्नको लागि जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख तथा कार्यक्रमका निर्देशक जीवनारायण कोईरालाको संयोजकत्वमा ५ सदस्यीय कार्यक्रम व्यवस्थापन समितिको चयन समेत गरिएको छ । जसमा सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी कमलराज ढकाल, पत्रकार महासंघका अध्यक्ष अशोक खनाल, अभियानका प्रवक्ता हृदयकुमार भुसाल रहेका छन् । वैठकमा ६ वटै स्थानीय तहका प्रमुख, जिल्ला स्थित राजनीतिक दलका प्रमुख, प्रमुख जिल्ला अधिकारी लगायत सुरक्षा निकायका प्रमुख र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

बैठकले कार्यक्रम उद्घाटन पूर्वको विभिन्न कार्यक्रमहरुको तयारी समेत गरेको छ । जसमा पुस २७ गते पर्यटन  प्रबर्द्धन सम्बन्धि निर्माण गरिएको गीतको शुभारम्भ, २८ गते विहान प्रभात फेरी, २९ गते विहान सरसफाई सोही दिन दिउसो २ बजे मोटरसाईकल र्याली र साँझ दीप प्रज्वलन गर्ने समेत बैठकले निर्णय गरेको प्रवक्ता हृदयकुमार भुसालले जानकारी दिनुभयो । पर्यटन प्रबद्र्धन अभियान सम्पन्न गर्न र गराउन सबै पक्षलाई पत्रकार महासंघका अध्यक्ष अशोककुमार खनालले अनुरोध गर्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

अर्घाखाँचीबाट संघीय सांसदमा स्वतन्त्र रूपमा चुनाव लड्ने नारायण खनालको औपचारिक घोषणा

खिल्जी युवा क्लब एनभिए कप राष्ट्रिय भलिबल च्याम्पियनसिप – २०८२ मा सहभागी हुने

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

हुलाक सेवा सम्बन्धमा रेडियो तथा टेलिभिजनकर्मीहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न

फागुन २१ को निर्वाचनलाई शान्तिपूर्ण तवरले बहिष्कार गर्छों – ब्युरो सेक्रेटरी सुनार

रास्वपा र बालेनबीच सातबुँदे सहमति : रवि पार्टी सभापति र बालेन प्रधानमन्त्रीको उम्मेदवार बन्ने


TOP