
श्याम घिमिरे,
पुस २८ अर्घाखाँची
देउराली बहुउद्देश्य सहकारी संस्था लिमिटेडको प्रथम बार्षिक साधारण सभा आज सनिवार सन्धिखर्कमा सम्पन्न भएको छ । साधारण सभाको सन्धिखर्क नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले पानसमा दिप प्रज्ज्वलनगरी उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले कृषिमा हरित क्रान्ति ल्याउनेगरी कामगर्न सहकारीलाई आग्रह गर्नुभयो । सहकारीले आफ्नो गुणस्तरलाई पहिलो प्राथमिकता दिनुपर्ने भन्दै श्रेष्ठले बिभिन्न आयमूलक कार्यमा लगानी गरे मात्र जिल्लाको समृद्धिमा टेवा पुग्ने बिस्वास व्यक्त गर्नुभयो । उहाँले कृषि,उद्योग लगायतका क्षेत्रमा कामगरी रोजगारी सृजनागर्न सबैको ध्यानाकार्षण पनि गराउनुभयो ।

पछिल्लो समय देशमा सहकारी आतंक बढीरहेको बताउदै श्रेष्ठले सहकारीले शेयर सदस्यको लगानीको सुरक्षा गर्नुपर्नेमा जोड दिनुभयो । श्रेष्ठले नगरपालीका सहकारीको बिकासकोलागी संगै रहेको समेत प्रष्ट पार्नुभयो । श्रेष्ठले सहकारीलाई स्वार्थमा निहित नहुन अपिलपनि गर्नुभयो ।
सञ्चालक समितिको तर्फबाट अध्यक्ष गोबिन्द बन्जाडे, सचिब प्रेम प्रकाश पाण्डे, कोषाध्यक्ष सुजता झण्डारी पिसी, लेखा सुपरिवेक्षण समितिका योगेन्द्र खड्काले छुट्टा–छुट्टै प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा सन्धिखर्क २ नम्वर वडाअध्यक्ष मोतिजंग रायमाझी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष गोबिन्द बन्जाडेको अध्यक्षता, उपाध्यक्ष भेषबहादुर बिसीको स्वागत मनतब्य र सचिब प्रेम प्रकाश पाण्डेको सञ्चालनमा सम्पन्न भएको हो ।
२०७९ सालमा स्थापित संस्थामा ३ सय ३ जना शेयर सदस्यहरु आबद्ध रहेका छन भने करिब १ करोड १७ लाखको कुल पँुजी रहेको छ । यस्तै ३८ लाख ५० हजार भन्दा माथी ऋण लगानी , १३ लाख बचत र १ करोड ८० लाख शेयर पँुजि रहेको संस्थाका व्यवस्थापक पदम भुसालले जानकारी दिनुभयोे ।