Trend

सन्धिखर्क एफएम,
२०८० माघ १ अर्घाखाँची
अर्घाखाँची मल्टिमिडिया प्रा.लि द्वारा सञ्चालीत सन्धिखर्क एफएम ८९.८ मेगाहर्ज आज स्थापना भएको छैठौं बर्ष पुरा गरि सातौं बर्षमा प्रबेश गरेको छ । सन्धिखर्क नगरपालीका २ भक्तिटोलमा रहेको प्रशिद्ध धार्मिक स्थल सिद्वेश्वर शिवालय मन्दिरको काखबाट प्रसारित रेडियोको आजैको दिन अर्थात २०७४ साल माघ १ गते एक भब्य कार्यक्रमका बिच शुभारम्भ गरीएको थियो ।

बिहान ५ बजे देखी राती ११ बजे सम्म दैनिक १८ घण्टा सञ्चालनमा रहेको रेडियोले सुचना ज्ञान,मनोरञ्जन र बिभिन्न चेतनामूलक कार्यक्रमहरू उत्पादन गरि प्रसारण गर्दे आईरहेको छ । रेडियोलाई एफएम बेण्डको ८९ थोप्लो ८ मेगाहर्ज संगै हाम्रो पात्रो र नेपाली पात्रो मोवाईल एप्सका अलवा अर्घाखाँची टुडे डटकम र सन्धिखर्क एफएमको फेसबुक आईडिबाटपनि एकैसाथ सुन्न सकिने रेडियोका स्टेशनमेनेजर श्याम घिमिरेले बताउनुभयो ।

बार्षिकोत्सबको अबसरमा रेडियोले, रेडियो सुन्ने सम्पुर्ण स्रोता, बिज्ञापनदाता, पाठक, कर्मचारी ,पत्रकार, सहयोगी संघसंस्था एवं शुभेच्छुकहरुप्रति हार्दिक आभार समेत प्रकट गरेको छ । बिभिन्न चुनौतीका बिच पनि सत्य, तथ्य, निष्पक्ष र विश्वसनीय समाचार तथा निरन्तर सन्तुलित विचार प्रवाहको प्रतिबद्धतापनि रेडियोले गरेको छ । रेडियो प्रति श्रोताको माया, ममता, स्नेह र सहयोगले आगामि दिनहरुमा रेडियोलाई अझै अघि बढ्न थप प्रेरणा मिल्ने रेडियोले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

ग्रिन इङलिस बोर्डिङ्ग स्कुलले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणिकरण (ISO) लोगो प्राप्त गर्यो

सन्धिखर्क एफएम नवौँ वर्षमा प्रवेश

चुत्रावेसीको त्रिवेणीधाममा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी मेला

पृथ्वीलाई संझदा – (उपजाति छन्द)

अर्घाखाँचीमा टिप्पर दुर्घटना, चालकको मृत्यु

सन्धिखर्क एफएमलाई शुभकामना


TOP