Trend

के पी भुसाल  ’अजस ’
(१)
झझल्को लाग्छ मलाई,सम्झदा जन्म ठाउँको,
बिर्सनु मैले कसोरी , पिरती चोखो गाउंको,
माटोको नाता भएन, पाइन कोही दयालु,
दिलको फूल रोपेर, कसोरी मायाँ बसालु,
(२)
प्रदेश लाग्ने रहर मलाई खासै थिएन,
गरेर खाने औसर, राज्यको नीति दिएन,
बस्दछिन् आमा रोहेर बलिन्द्र धारा झारेर,
बृद्धाको आश्रय म यता,के गरुँ बेल्चा छोडेर,
(३)
डाँडा र पाखा रुन्छन् रे , पौरखी हात संझेर,
बृद्धाको सातो लिन्छरे, बाँदर घरै पुगेर,
बारी र खेत बुटेन, काँडा र झुँडी झार भो,
पूर्खाले गरि खाएको,मायाँको चिनो पासोभो,
(४)
घुम्दछ मेरो पियास,झर्नाको चिसो पानीमा,
पुग्दछ मेरो चाहना, पिपलु बोट छायाँमा,
प्याउली चरी वैराग्य , मेरै गीत गाउ्छरे,
विहानी पख चिवेले, उठन दाजु भन्छरे,
(५)
सपना लाग्छ मलाई , साथीभाइ गाएको,
बसेको पत्तै नहुने, जुनेली रात वितेको,
नाचेको मैले खुसीमा,विहेका बाजा घन्कदा,
कसोरी भुलुँ म ऐले, विरह लागि सम्झदा,
(६)
फुल्दछ लालीगुराँस भिर र पाखा लेकमा,
बसन्त ऋतु संझदा ,चल्दछ बास्ना मनमा,
सक्दिन मैले विर्सन, पर्वतराज हिमाल,
विश्वमा सधै उँचोछ, यो देवभूमि नेपाल,
(७)
मान्छेका इच्छा अनेक, देखेको धेरै चाहिन्छ,
खोजेर मात्र नहुने, गरेको फल पाइन्छ,
दृष्टिका खुसी अनेक, घुमेर हेर्न पाइन्छ,
यो मन भित्र बुझाउ्न,जन्मेको ठाउँ चाहिन्छ ।।

प्रकाशन मिति : २०८० माघ ७

प्रतिक्रिया

सम्बन्धित खवर

  बैसाख १, २०८३ मंगलबार 7 Views

नयाँवर्ष २०८३

  चैत्र २९, २०८२ आइतबार 6 Views

गजल

  चैत्र २९, २०८२ आइतबार 29 Views

गजल

  चैत्र २, २०८२ सोमबार 28 Views

जनमत – लोकछन्द

  फागुण १८, २०८२ सोमबार 22 Views

चुनाव – लोक छन्द

ताजा अपडेट
धेरै पढिएको

TOP