
श्याम घिमिरे,
माघ १० अर्घाखाँची
बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी स्थायी कमिटी सदस्य सन्तोष बुढा मगर (बिषम सी) ले नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी बिच भएको तीन बुँदे सहमती तत्काल कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी अर्घाखाँचीले आज सन्धिखर्कमा आयोजना गरेको “राज्यको षड्यन्त्र ,बर्तमान राजनैतिक संकट र सामाधान“ बिषयक अन्तरक्तिया कार्यक्रममा बोल्दै बुढाले देशलाई शान्ति र स्थिरता संगै समृद्धि तर्फ लैजान तिन बुँदे सहमति कार्यान्वयको बिकल्प नभएको बताउनुभयो । उहाँले सबै राजनैतिक दल र बिभिन संघसंस्थाहरुको त्यस तर्फ ध्यान केन्द्रित पनि गराउनुभयो ।

एक फरक प्रसंगमा स्थायी कमिटी सदस्य मगरले समाजबादी मोर्चाको माध्यमबाट पुर्ब माओबादीहरु एकै ठाउँमा हुने बाटो खुलेको भन्दै सबै कम्युनिष्ट पार्टीहरुलाई समाजबादी मोर्चामा गोलबन्दहुन आब्हानपनि गर्नुभयो ।
कार्यक्रममा पार्टी पोलिटव्युरो सदस्य सन्जीब सिले देशको राज्यसत्ता नेपाली जनताको हातमा नभएको भन्दै सबै समस्याको समाधान राजनीतिक तरवबाट हुनुपर्ने बताउनु भयो । उहाँले सबैखाले परिवर्तनलाई संस्थागत गर्न आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा नेपाली काँगेसका जिल्ला सचिब कृष्ण खनाल, एमाले जिल्ला सचिव तोज बहादुर रायमाझी बिधान, नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य छमकुमारी खनाल चिनारी, एकिकृत समाजबादीका अध्यक्ष राम बहादुर चौहान, नेकपा मसालका प्रवक्ता पशुपति ढकाल, नेपाल समाजबादी पार्टीका प्रदेश सदस्य पुष्करनाथ आचार्य, नेकपा मशालका नेता राजेन्द्र नेपाली, अर्घाखाँची बार एकाइका अध्यक्ष केवि भुसाल, नेपाल पत्रकार महासंघका अध्यक्ष अशोक खनाल, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ अर्घाखाँचीको अध्यक्ष खेतुलाल उपाध्य,पत्रकार श्याम घिमिरेलगायतले मनतब्य सहित अबधारणापत्र माथी टिप्पणी गर्नुभएको थियो ।
पार्टीका जिल्ला इन्चार्ज माहुरीको अध्यक्षता मिसन सी को स्वागत मनतव्य र सागर सी को सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्ला स्थित राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि, संचारकर्मी, नेपाल कम्युनिष्ट पाटीका नेताकार्यकर्ता लगायतको उपस्थिति रहेको थियो ।