Trend
सोमबार , मंग्सिर ३०, २०८२

के पी भुसाल ’अजस’
(१)
स्वदेश र विदेशमा घुम्दै फिर्ने यात्रा,
राम्रो हुन्छ पर्यटन प्रवर्धन गर्दा,
ब्यबस्था जो नभएमा हिड्नडुल्न खत्रा,
विनामेसै हिड्यो भने हुन्छ त्योता जात्रा,
(२)
कुनै कुरा बुझ्नलाई हिड्ने डुल्ने अनि,
भनिन्छहै तेस्तोलाई पर्यटक पनि,
आफ्नोदेश मात्रघुम्ने आन्तरिक हुन्छ,
अरूदेश यात्रागर्दा,बाह्यभनि गन्छ,
(३)

मानिसको दिमागमा धेरैकुरा खेल्दा,
हिड्दाधेरै मिल्छ खुसी नयाँकुरा देख्दा,
हिड्नुपर्छ नरनारी, आफ्नो देश बुझ्न,
अरूकुरा पाइन्छ है विदेशमा सिक्न,
(४)
सबैभन्दा राम्रो जुनी मान्छे भन्दा के छ,
जीवन र जगतको कुरा बुझ्नु पर्छ,
धेरैकुरा बुझ्नु पर्छ गरौं यात्रा ल है,
घुम्नेडुल्ने नगरेमा बुझिदैन केही,
(५)
हाम्रोदेश नेपालमा विविधता छनि,
अनेकमा एकताको धरोहर पनि,
प्रकृतिको प्यारो देश नदीनाला हिमाल्।
तराई र लेकबेशी जता पनिअब्बल ,
(६)
देवभूमि तपोभूमि पुण्यभूमि यही,
यो देशका महिमाको जित्ने छैन कहिं,
तिर्थस्थल त्रिवेणी र हिमशिखर ताल,
पर्यटकको मनपर्ने सुन्दर देश नेपाल्,
(७)
विज्ञानले विकासमा चुलीमाथि पुग्यो,
संसार यो एकाघर जस्तै भई सक्यो,
सुबिधाका सबैकुरा मान्छे खोज्ने भयो,
खोला तर्दा जुता खोल्ने अव युग गयो,
(८)

प्रयटन बढाउन गर्नु पर्छ काम,
प्रयटक बढ्दै गए फल्दै जान्छ दाम,
राम्रो हुनु पर्छ सबै हुनु हुन्न भय,
लौरोटेकि भारीबोकी हिड्ने युग गए
(९)
धार्मिक र ऐतिहासिक् धरोहर हाम्रा,
सुरक्षित गर्दैगए हुन्छन् सबै राम्रा,
यिन्कैबारे संसारमा प्रचार् गर्नुपर्छ,
तबमात्र पर्यटक्को आकर्षण बढ्छ,
(१०)
शहरका गल्ली चोक सफा सधै रहे,
गाउघरका बस्ती पनि राम्रा सुग्घर भए,
खानेबस्ने जतापनि राम्राठाउ भेट्दा,
कतिराम्रो हुन्छहोला प्रयटक रम्दा,
(११)
मिठोबोली बोल्नुसधै मानिसको धर्म,
पाहुनाको स्वागत गर्नु जीवनको कर्म,
संस्कृतिका मठमन्दिर प्रकृतिका हिमाल,
पर्यटकको प्यारोदेश सुन्दरशान्त नेपाल ।।
प्रकाशन मिति : २०८० माघ १४

प्रतिक्रिया

सम्बन्धित खवर

  मंग्सिर ९, २०८२ सोमबार 13 Views

वीर नेपाली : (लोकछन्द)

  कार्तिक २६, २०८२ मंगलबार 25 Views

अमर शहीद

  कार्तिक १२, २०८२ मंगलबार 22 Views

जागौं सबै सज्जन

  अषोज ११, २०८२ शनिबार 22 Views

यही त राजनीति हो

  अषोज ११, २०८२ शनिबार 28 Views

गजल

  अषोज ११, २०८२ शनिबार 29 Views

गजल

ताजा अपडेट
धेरै पढिएको

अमर शहीद

जागौं सबै सज्जन

एमाले उपमहासचिव ज्ञवाली आज सन्धिखर्क आउँदै

नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीको एकता सभा सम्पन्न, एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको नेताहरुको भनाइ

सन्धिखर्कमा हरिबोधनी एकादशीको अवसरमा भव्य मेला

लुम्बिनी सहित बागमती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो वर्षा र हिमपातको सम्भावना,उच्च सतर्कताका साथ यात्रा गर्न अनुरोध


TOP