Trend

अर्घाखाँची टुडे डटकम माघ १७,  नेपाल पुस्तक स्टेशनरी व्यवसायी महासंघ बुटवल उपमहानगरको भेला तथा तेस्रो अधिवेशन आइतवार सम्पन्न भएको छ । अधिवेशनले रामप्रसाद भुसालको अध्यक्षतामा १३ सदस्यीय कार्यसमितिको गठन गरेको छ । जसको उपाध्यक्षमा अस्मिता काफ्ले घिमिरे, सचिवमा सरोज खनाल र कोषाध्यक्षमा अर्जुन बस्याल चयन भएका छन् । यस्तै समितिको सदस्यहरुमा थ्रिलाल भट्टराई, पुष्पा भण्डारी, गोकुल पन्थ, बिष्णु प्रसाद ज्ञवाली, भोजराज अधिकारी, विराज पोख्रेल, गोविन्द ज्ञवाली, अमित अर्याल र साहाश शर्मा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत हेमानन्द शमाले जानकारी दिनुभयो ।

कार्यक्रममा नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई निर्वाचन अधिकृत शर्माले संस्थाको सपथ ग्रहण गराउनुभइको हो । कार्यक्रमा निवर्तमान अध्यक्ष बोधराज शर्माले नवनिर्वाचित अध्यक्ष भुसाललाई पदस्थापना र निवर्तमान सचिव राजु भारीले नवनिर्वाचित सचिव सरोज खनाललाई माईन्युट हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रीय सदस्य गणपति पाण्डे, महासंघका निवर्तमान जिल्ला अध्यक्ष रामकृष्ण चापागाई , निर्वाचन अधिकृत हेमानन्द शर्मा, जिल्ला उपाध्यक्ष तथा निवर्तमान नगर अध्यक्ष बोधराज शर्मा, महासंघ जिल्ला सचिव बालकृष्ण भण्डारी, पत्रकार केशव भण्डारी, दिपेन्द्र जिसी, राजु भारीलगायतले बोल्दै व्यवसायीका हकअधिकारसंगै व्यवसायिक कर्तव्य पालना गरेर अगाडि बढ्न आग्रह गर्नुभयो ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष भुसालले समितिले व्यवसायीका हकहित र सामाजिक दायित्वलाई सिरोधार्य गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रम उपाध्यक्ष अस्मिता काफ्लेको स्वागत मनतब्य र नवनिर्वाचित सचिव सरोज खनालको संचालनमा सम्पन्न भएको हो ।

                                       को हुन नवनिर्वाचित अध्यक्ष भुसाल ?

अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालीका वडानं.३, धारापानी रातामाटामा जन्म भई आफ्नो परिवार सहित १८ बर्ष बैदेशिक रोजगारीमा रहेर बिगत १० बर्ष अगाडि मात्र स्वदेश फर्केका भुसाल आफुले क क, न न गरेको बिद्यालयमा आफ्नो बुवा स्व.टिकाराम भुसाल र आमा धनकला भुसालको सम्झनामा रु पाँचलाख भन्दा माथि अक्षय कोष स्थापना गर्नुभएको छ ।

कोभिड–१९ को भयावह अवस्थामा बुटवल –१३ बेल्बासमा रहेको आफ्नो घर र बगैंचा कोभिड–१९ को जोखिम अबधिभर कोरोना अस्पताल संचालन गर्न राज्यलाइ निशुल्क दिएर आफु भाडामा बस्ने घोषणा गर्ने भुसाल केहि समय देखि बुटवल –१२ नयाँगाउँमा ए टु जेड मुस्कान सप्लायर्सका व्यवस्थापक हुनुहुन्छ । निकै छोटो समयमै व्यवसायीहरुको मन जित्न सफल उहाँ बिभिन्न सामाजिक कार्यमा पनि सक्रिय हुनुहुन्छ । भुसाल २०८० माघ १४ गते नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ बुटवल उपमहानगर कमिटिको अध्यक्षमा सर्बसम्मत निर्वाचित हुनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

माया आफ्नै गाउँको – (लोक छन्द)

सन्धिखर्क एफएम आठाैं बर्षमा प्रवेश

बाबुराम भट्टराई नेतृत्वको नेसपा (नयाँ शक्ति) को महाधिवेशन आजदेखि काठमाडौँमा सुरु

गजल-✍️डिल्ली राज घिमिरे

दिल्लीमा २७ वर्षपछि भाजपाले सरकार बनाउँदै

एमाले जिल्ला कमिटी अर्घाखाँचीकाे दाेस्राे पूर्ण बैठक सम्पन्न


TOP