Trend

श्याम घिमिरे
माघ २६ अर्घाखाँची
सन्धिखर्क ग्रिन ईङ्गलिस बोर्डिङ्ग स्कुल सन्धिखर्क २ चुत्राबेसीको १७ औं वार्षिकोत्सब ,अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रममा आज (सुक्रवार) सम्पन्न भएको छ । कार्यक्रमको एक समारोहका बिच सन्धिखर्क नगरपालीका शिक्षा शाखा प्रमुख मन्जु आचार्यले सरस्वतिको फोटामा माल्यापर्ण संगै दिप प्रज्ज्वलनगरी उद्घाटन गनुभयो ।

उद्घाटन कार्यक्रममा मनतब्य राख्दै आचार्यले शिक्षक बिद्यार्थी र अभिभाबकको त्रिकोणात्मक सम्बन्ध राम्रो भएमा मात्रै शिक्षामा आमुल परीवर्तन गर्न सकिने भन्दै शिक्षा र स्वास्थ्यनै सामाजीक बिकाशको मुख्य मेरुदण्ड भएको बताउनुभयो । आचार्यले हरेक गतिबिधिमा बिद्यालयले उत्कृष्टता हासील गरेकोमा बिद्यालय परीबारलाई बधाई सहित धन्यवाद ज्ञापन गर्नुभयो । आचार्यले नगरका सबै बिद्यालयहरुको बिकासमा नगरपालीकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

बिद्यालय व्यस्थापन समितिका अध्यक्ष डिलाराम भुसालको अध्यक्षता,बिद्यालयका पुर्ब व्यवस्थापन समितिका अध्यक्ष नेत्र प्रसाद भुसालको स्वागत मनतव्य र सहायक प्रिन्सिपल नारायण भुसालको सञ्चालनमा सम्पन्न कार्यक्रममा बिद्यालयका कम्पनी रजिष्टर अध्यक्ष हुमा बन्जाडे, सन्धिखर्क २ नम्वर वडाअध्यक्ष मोतिजंग रायमाझी,पाणिनि बहुमुखि क्याम्पसका प्रमुख बुद्धिराम भुसाल,जनज्योति माबिका प्राचार्य माधवप्रसाद आचार्य,अर्घाखाँची आबाशिय माबिका प्रिन्सिपल चोपनारायण बन्जाडे,बिद्यालयका पिटिए अध्यक्ष तुल्सी खनाल,पत्रकार महासंघका सचिव बिनोद गैरे,बिद्यार्थीद्धय आशिका खड्का र आशिका बंन्जाडेलगायतले शुभकामना मनतब्य राख्दै बिद्यालयको उज्वल भबिश्यको कामना ब्यक्त गर्नु भयो ।

प्रिन्सिपल टेकबहादुर थापाले बिद्यालयकाको वार्षिक प्रतिबेदन पेस गर्नु भएको कार्यक्रममा शैक्षिक सत्र २०७९ मा बिभिन्न बिधामा उत्कृष्टता हासील गर्ने छात्रछात्राहरुसंगै वार्षिकोत्सवको अबसरमा आयोजित अभिभावकहरुबिच भएको मैत्रिपुर्ण खेलमा बिजयी हुने टिमलाई पुरस्कार बितरण समेत गरीएको थियो । कार्यक्रममा बिद्यार्थीसंगै शिक्षिकाहरुले गित तथा नृत्य प्रस्तुत गरी उपस्थित सबैलाइ मनोरञ्जन प्रदान गराउनु भएको थियो ।

२०६३ सालमा स्थापित बिद्यालयमा हाल १ हजार बिश जनाभन्दा धेरै बिद्यार्थी अध्ययनरत रहेका छन भने ४४ जना शिक्षक शिक्षिकाहरु कार्यरत रहेको बिद्यालयका सहायक प्रिन्सिपल नारायण भुसालले बताउनुभयो । बिद्यालयमा अहिले प्रि मन्टेश्वरी कक्षा देखि १० कक्षा सम्म अध्यापन भइरहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

माया आफ्नै गाउँको – (लोक छन्द)

सन्धिखर्क एफएम आठाैं बर्षमा प्रवेश

बाबुराम भट्टराई नेतृत्वको नेसपा (नयाँ शक्ति) को महाधिवेशन आजदेखि काठमाडौँमा सुरु

गजल-✍️डिल्ली राज घिमिरे

दिल्लीमा २७ वर्षपछि भाजपाले सरकार बनाउँदै

एमाले जिल्ला कमिटी अर्घाखाँचीकाे दाेस्राे पूर्ण बैठक सम्पन्न


TOP