आइतबार २८ आषाढ २०८३

                                                      निम्बतरु

हाम्रोतिरको चलन फरक हो कि बिर्से मान्छेले
श्रीपञ्चमीको दिन
हलो शुभारम्भ गर्ने दिन पनि हो
नयाँ बहरलाई दाउने दिन पनि हो
सम्झिन्छु पिताले
यसैदिन माटोमा हलो जोतेर राख्थे
माटोको चपरी उल्टाउने दिन बिर्सेर
नयाँ विजारोपण गर्ने दिन बिर्सेर हो
अक्षर शुभारम्भ पनि हो बिशेष
किन्तु सरस्वती देवीको पूजा मात्र गर्यौं
किताबको कुरा गर्यौं बास्तवमा माटो बिर्स्यौं
नयाँ विजारोपण बिर्स्यौं
माटो देवीको पूजा बिर्स्यौं
मान्छेहरुले बिर्से माटोलाई मल खुवाउन
बिर्से माटोलाई पानी पियाउन
माटोसँग खेल्न बिर्से खेतबारी बिर्से
कहाँ कलियुगमा, द्वापारयुगको कुरा गर्छौ ?
छैनन् कुनै नयाँ कलियुगको देवता ?
प्रकाशन मिति :२०८० माघ २७


Last Updated on: February 10th, 2024 at 2:00 am
१७६ पटक हेरिएको

तपाईको प्रतिक्रिया