Trend
शुक्रबार , कार्तिक २९, २०८२

के पी भुसाल ’अजस’

जिल्लाराई राजा हिड्थे गाउँ बस्ती हेर्दै,
अर्घा पनि आइपुगे, दुख कष्ट झेल्दै,
भारदार साथ्मा थिए, दलबल अनि,
धेरै कुरा साथै ल्याए, देवीदेवता पनि ।

अर्घा आइ युद्ध गरे, जिते अर्घा आसन,
कायम् गरे अर्घाराज्य थाले गर्न शासन्
तेह्र सय एकासीमा अर्घा कब्जा गरे,
संस्थापक राजा पनि जिल्लाराई भए ।

विस्तार पनि अर्घाराज्य चारैतिर भयो,
ठूलोराज्य हुदै गर्दा शक्तिशाली भयो,
राजाहरू बन्दै जान्थे शासन पनि गर्थे,
जेठो छोरा राजा हुन्थे अरू पाखा पर्थे ।

शिवराज्को पालासम्म अर्घा राम्रो थियो,
यिन्को शेष पछि भने, हलचल भयो,
मेघासिराज् राजा भए शासन गर्दै गए,
यिन्कै कार्यकालमा भने अर्घाराज्य फोरे ।

उत्तर तर्फ अर्घा टुक्री धुर्कोट राज्य बन्यो,
दखिण् सिमा पनि घट्यो खाँचीराज्य भयो,
बिच्मा भने सानोराज्य अर्घा कायम् रह्यो,
सानो हुदा पनि यस्को इज्जत् राम्रै थियो ।

जयन्त र अनन्तले शासन गरे अनि,
धनशाह राजा हुदा थियो राम्रै पनि,
अठार् सय त्रितालिस्मा अर्घाराज्य जिते,
गोर्खालीले कब्जा गरे पाल्पा जिम्मा दिए ।

अर्घाराज्य संस्थापक जिल्लाराई राजा,
वीरकुमार् शाह भए अर्घा अन्तिम राजा,
अठारसय् त्रिसठ्ठीमा पाल्पा कब्जा भयो,
पाल्पा संगै अर्घा पनि विसाल नेपाल भयो ।

पाल्पालीकै निर्देशन्मा खाँचीराज्य चल्थ्यो,
विलय् पनि पल्पासगै खाँची पनि भयो,
धुर्कोट् इस्मा राज्य पनि विलय् नै भए,
चौबीसे ती सबैराज्य विसाल् नेपाल् भए ।।
क्रमश :
प्रकाशन मिति : २०८० माघ २६

प्रतिक्रिया

सम्बन्धित खवर

  कार्तिक २६, २०८२ मंगलबार 10 Views

अमर शहीद

  कार्तिक १२, २०८२ मंगलबार 10 Views

जागौं सबै सज्जन

  अषोज ११, २०८२ शनिबार 14 Views

यही त राजनीति हो

  अषोज ११, २०८२ शनिबार 18 Views

गजल

  अषोज ११, २०८२ शनिबार 19 Views

गजल

  अषोज ११, २०८२ शनिबार 24 Views

केही पन्छीको पहिचान – ( लोकछन्द)

ताजा अपडेट
धेरै पढिएको

TOP