Trend

श्याम घिमिरे,
माघ २९ सन्धिखर्क
जनयुद्ध दिवसको पुर्ब सन्ध्यामा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल अर्घाखाँचीले दीप प्रज्वलन सहित कोण सभा सम्पन्न गरेको छ । पार्टीले २९ औं जनयुद्धदिवसको पुर्ब सन्ध्यामा आज साँझ सदरमुकाम सन्धिखर्कको शान्ति बगैंचामा दिप प्रज्वलन गरी कोण सभा सम्पन्न गरेको हो ।

कार्यक्रममा बोल्दै पार्टीका नेता योगेन्द्र चौहानले जनयुद्धमा सहभागी भएकाहरुले जनयुद्धलाई बिर्सिएको भन्दै महान जनयुद्धलाई मेटाउने हरुको बिरोधमा दिप प्रज्वलन गरिएको बताउनुभयो । चौहानले केहि साथीहरु आन्दोलनबाट बिचलित हुदैमा पार्टी आन्दोलनलाइ असर नपर्नेमा जोड दिनुभयो । देशमा परिवर्तन ल्याउन जनयुद्धको उल्लेखनिय भुमिका रहेको बताउदै चौहानले जनयुद्धलाई विभिन्न तरिकाबाट व्याख्या गरी सहिद ,घाइते र बेपत्ता परिवारको सपनालाई कुल्चेको आरोप लगाउनुभयो ।

चौहानले देशमा भ्रष्ट,दलाल र तस्करहरुको बिगबिगी भएको बताउदै उनीहरुको बिरुद्धमा बुलन्द आवाज उठाउन नछाड्ने समेत दाबि गर्नुभयो । कार्यक्रम क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका नेता गोबिन्द खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा अपडेट
धेरै पढिएको

माया आफ्नै गाउँको – (लोक छन्द)

सन्धिखर्क एफएम आठाैं बर्षमा प्रवेश

बाबुराम भट्टराई नेतृत्वको नेसपा (नयाँ शक्ति) को महाधिवेशन आजदेखि काठमाडौँमा सुरु

गजल-✍️डिल्ली राज घिमिरे

दिल्लीमा २७ वर्षपछि भाजपाले सरकार बनाउँदै

एमाले जिल्ला कमिटी अर्घाखाँचीकाे दाेस्राे पूर्ण बैठक सम्पन्न


TOP