Trend
सोमबार , मंग्सिर ३०, २०८२

श्याम घिमिरे,
माघ २९ सन्धिखर्क
जनयुद्ध दिवसको पुर्ब सन्ध्यामा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल अर्घाखाँचीले दीप प्रज्वलन सहित कोण सभा सम्पन्न गरेको छ । पार्टीले २९ औं जनयुद्धदिवसको पुर्ब सन्ध्यामा आज साँझ सदरमुकाम सन्धिखर्कको शान्ति बगैंचामा दिप प्रज्वलन गरी कोण सभा सम्पन्न गरेको हो ।

कार्यक्रममा बोल्दै पार्टीका नेता योगेन्द्र चौहानले जनयुद्धमा सहभागी भएकाहरुले जनयुद्धलाई बिर्सिएको भन्दै महान जनयुद्धलाई मेटाउने हरुको बिरोधमा दिप प्रज्वलन गरिएको बताउनुभयो । चौहानले केहि साथीहरु आन्दोलनबाट बिचलित हुदैमा पार्टी आन्दोलनलाइ असर नपर्नेमा जोड दिनुभयो । देशमा परिवर्तन ल्याउन जनयुद्धको उल्लेखनिय भुमिका रहेको बताउदै चौहानले जनयुद्धलाई विभिन्न तरिकाबाट व्याख्या गरी सहिद ,घाइते र बेपत्ता परिवारको सपनालाई कुल्चेको आरोप लगाउनुभयो ।

चौहानले देशमा भ्रष्ट,दलाल र तस्करहरुको बिगबिगी भएको बताउदै उनीहरुको बिरुद्धमा बुलन्द आवाज उठाउन नछाड्ने समेत दाबि गर्नुभयो । कार्यक्रम क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका नेता गोबिन्द खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

  मंग्सिर १६, २०८२ सोमबार 4 Views

शिक्षक खोज्न १९ औँ पटक विज्ञापन

ताजा अपडेट
धेरै पढिएको

अमर शहीद

जागौं सबै सज्जन

सन्धिखर्कमा हरिबोधनी एकादशीको अवसरमा भव्य मेला

एमाले उपमहासचिव ज्ञवाली आज सन्धिखर्क आउँदै

नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीको एकता सभा सम्पन्न, एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको नेताहरुको भनाइ

लुम्बिनी सहित बागमती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो वर्षा र हिमपातको सम्भावना,उच्च सतर्कताका साथ यात्रा गर्न अनुरोध


TOP