Trend
सोमबार , मंग्सिर ३०, २०८२

फागुन १ सन्धिखर्क-

सन्धिखर्क नगरपालिका र नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र, रुपेन्देहीबीच निःशुल्क रगत र रगतजन्य पदार्थ उपलब्ध गराउन सम्झौता भएको छ । सन्धिखर्क नगरपालिका भित्रका स्थानीय बासिन्दा र नगरपालिकाका कर्मचारीहरुलाई निःशुल्क रगत र रगतजन्य पदार्थ उपलब्ध गराउन सम्झौता भएको रेडक्रस अर्घाखाँचीका सभापति कुसल भुसालले बताउनु भयो ।

रुपन्देही जिल्लाभित्र सञ्चालनमा रहेका सरकारी, निजी तथा सामुदायिक अस्पतालहरुमा उपचार गराउने सन्धिखर्क नगरपालिकाभित्रका स्थायी बासिन्दा/कर्मचारीहरुलाई निःशुल्क रगत र रगतजन्य पदार्थ उपलब्ध गराउने र नगरपालिकाबाट रक्त सञ्चार सेवा केन्द्र रुपन्देहीको लागि रगत संकलन कार्यमा सहयोग गर्ने उद्देश्यले  मंगलवार एक कार्यक्रमका बिच सम्झौता गरिएको सन्धिखर्क  नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

आफ्ना नागरिकलाई रगत र रगतजन्य पदार्थको अभावबाट बचाउनको लागि जिल्लामै पहिलो पटक यसप्रकारको कार्य गर्न लागेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताउनुभयो ।
पहिलो चरणमा रुपन्देही र त्यसपछि चितवन सहित काठमाडौंका निजी तथा सरकारी हस्पिटलमा पनि निःशुल्क रुपमा रगत र रगतजन्य पदार्थ उपलब्ध गराउनको लागि पहल गर्ने भुसालले बताउनुभयो ।

सम्झौतामा पहिलो पक्षको तर्फबाट नगर प्रमुख श्रेष्ठ, रोहबरमा उपप्रमुख मिश्रा आचार्य, प्रमुख प्रशासकीय अधिकृत भुसाल र दोस्रो पक्षको तर्फबाट नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश अध्यक्ष लाल प्रसाद पंगेनी, रेडक्रस अर्घाखाँचीका सभापति कुशल भुसाल, मन्त्री तुल्सी पौडेलले हस्ताक्षर गर्नुभएको ।

यसप्रकारको सम्झौताले रगत र रगतजन्य पदार्थको अभावमा अकालमै ज्यान गुमाउनुपर्ने अबस्थाको अन्त्य हुनेमा स्थानिय नागरीकहरु आशाबादि  रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

  मंग्सिर १६, २०८२ सोमबार 4 Views

शिक्षक खोज्न १९ औँ पटक विज्ञापन

ताजा अपडेट
धेरै पढिएको

अमर शहीद

जागौं सबै सज्जन

सन्धिखर्कमा हरिबोधनी एकादशीको अवसरमा भव्य मेला

एमाले उपमहासचिव ज्ञवाली आज सन्धिखर्क आउँदै

नेपाली कम्युनिष्ट पार्टी अर्घाखाँचीको एकता सभा सम्पन्न, एकतालाई कार्यान्वयनमा लैजानुको विकल्प नभएको नेताहरुको भनाइ

लुम्बिनी सहित बागमती, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँमा ठूलो वर्षा र हिमपातको सम्भावना,उच्च सतर्कताका साथ यात्रा गर्न अनुरोध


TOP