बिहिबार ३१ बैशाख २०८३

फागुन २ अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टी अर्घाखाँचीले अर्घाखाँची जिल्लाका वडा वडामा संगठन निर्माणको लागि टास्क फार्स गठन गरेको छ ।

वडा वडामा संगठन निर्माणको मुख्य जिम्मेवारी सहित तीन तीन जनाको टास्क फोर्स निर्माण गरिएको राष्टिय स्वतन्त्र पार्टी अर्घाखाँचीले जानकारी दिएको छ ।

सन्धिखर्कमा आज सम्पन्न भएको बैठकले जिल्लाका केही वडाहरुको लागि टास्क फार्स गठन गरेको हो भने केही दिनमा सवै वडाहरुको लागि फोर्स गठन गरिने जनाइएको छ ।

फोर्सले सवै वडाहरुमा तदर्थ समिति गठन गर्दै वडा अधिवेशन सम्पन्न गर्नका लागि पुग्नेगरी सदस्यता विस्तार गर्नेछ । सम्वन्धित वडामा तोकिएको जिम्मेवारी पुरा भएपछि उक्त वडाको लागि टास्क फोर्स स्वतह निस्कृय हुन्छ भने सोही फोर्सलाई अर्को वडाको जिम्मेवारी प्रदान गरिने जिल्ला संयोजक हरिप्रसाद भुसालले बताए ।

अर्घाखाँची जिल्लाबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य देखी साधारण पार्टी सदस्य सम्मलाई टास्क फोर्समा जिम्मेवारी दिइएको भुसालले बताए । “जिल्लाका सवै वडाहरुमा समिति गठन गर्नेगरी हामी अगाडी बढेका छौं ।” भुसालले भने “हरेक वडा वडामा रहेका समस्याहरुको पहिचान, ति समस्याहरुको निवारणको लागि पहल तथा वडा स्तरमा हुने अनियमितता विरुद्ध खवरदारी गर्नको लागि पनि रास्वपा वडा वडामा पुग्न थालेको हो ।”


Last Updated on: February 14th, 2024 at 3:25 pm
१८६ पटक हेरिएको

तपाईको प्रतिक्रिया